अस्ट्रेलियामा एक नेपाली सहित ५ जना १० करोड अस्ट्रेलियन डलरसहित पक्राउ



हाम्रो इकोनोमि

 

एक नेपालीसहित पाँचजना स्रोत नखुलेको १० करोड अस्ट्रेलियन डलर (७ अर्ब ६१ करोड १३ लाख) सहित अस्ट्रेलियाबाट पक्राउ परेका छन् । उनीहरू अवैध तरिकाले रकम कारोबार गरिरहेको अवस्थामा पक्राउ परेका हुन् ।

सेक्युरिटी व्यापार कम्पनी खोलेका उनीहरूले विभिन्न देशबाट अवैधरूपमा रकम ओसारपसार गर्ने गरेको खुलेको हो ।

पक्राउ पर्ने नेपालीमा २९ वर्षीय विपिन थापा रहेका छन् । उनको ठेगाना भने खुलाइएको छैन । उनीसहित ३० वर्षीय गगनदीप पवा र ३० वर्षीय गोपाली दहललाई असार २६ गते पक्राउ गरेको हो ।

तीनदेखि चार वर्षको अवधिमा यो समूहले ८ देखि १० करोड अस्ट्रेलियन डलरको अवैध हुन्डी कारोबार गरेको भेटिएको प्रहरीले जनाएको छ । अस्ट्रेलिया क्रिमिनल ग्रुप्स स्क्वाडले थापासहित गगनदीप र गोपालीलाई पक्राउ गरेको हो ।

यो ठूलो हुन्डी कारोबारका मुख्य अभियुक्त गगनदीप हुन् । गोपाली उनकी घरेलु साझेदार भएको अनुसन्धान अधिकारीहरूले उल्लेख गरेका छन् ।

प्रहरीले तीनजना पक्राउ परेको केही समयपछि पुनः दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतीय र अस्ट्रेलियन नागरिक भएको स्थानीय संचारमाध्यमले जानकारी दिएका छन् । ३० वर्षीय नितिन कपिलालाई साउन ३ गते न्युजिल्यान्ड जाने क्रममा विमानस्थलबाट पक्राउ गरेको थियो । पाँचौँ अभियुक्त ३१ वर्षीय पञ्जाबका मनमनदिर सिंहलाई साउन ९ गते पक्राउ गरेको अस्ट्रेलिया क्रिमिनल ग्रुप्स स्क्वाडले जनाएको छ ।

उनीहरूले साउथ–वेस्ट सिड्नी, भिक्टोरिया र वेस्टन अस्ट्रेलियालाई आधार बनाएर अवैध हुन्डी कारोबार गर्दै आएका थिए । गगनदीप सञ्चालक रहेको कम्पनीको नाउँमा एकै दिन स्रोत नखुलेको ४ लाख ४५ हजार डलर बैंक अफ न्यु साउथ वेल्समा जम्मा भएको थियो ।

उनीहरूले एकपटक ४५ हजार डलर, अर्कोपटक ५५ हजार र दुईपटक ७५\७५ हजार डलर बैंकमा जम्मा गरेका थिए । त्यसको भोलिपल्ट उनीहरूले ९ पटक गरेर १ लाख ९५ हजार डलर जम्मा गरेपछि अनुसन्धान अधिकारीहरूले उनीहरूमाथि निगरानी बढाएका थिए ।

पक्राउ गर्दा प्रहरीले उनीहरूबाट ४ लाख डलर, पैसा गन्ने मेसिन तथा ३ ओटा सवारी साधनसमेत बरामद गरेको छ । देखाउनका लागि सेक्युरिटी व्यापारको कम्पनी खडा गरी भित्रीरूपमा ठूलो रकमको अवैध कारोबार गर्दै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

उनीहरूमाथि गम्भिर प्रकृतिको मुद्दा लगाइएको छ भने उनीहरूमध्ये केहीको निवदेन अदालतले खारेज गरिदिएको छ । पक्राउहरूका तर्फबाट मुद्दा हेरिरहेका वकिल इजाज खानका अनुसार अस्ट्रेलियाको कानुनअनुसार अभियोजन गम्भीर प्रकृतिको हो । ‘प्रहरीले लगाएको आरोपबारे प्रमाण हेर्ने काम गरिरहेको छ । ती आरोपहरू निकै खराब र गम्भीर खालका छन् ।

मैले अभियोजन पक्षको मुद्दाबारेमा टिप्पणी गर्नु अगाडि प्रमाणहरू हेर्न आवश्यक हुन्छ’, उनले भनेका छन् ।

गगनदीप सञ्चालक रहेको एजसियोर प्रोटेक्सन सर्भिसेसबाट यो अवैध कारोबार भएको हो । साथै पछि पक्राउ परेका सिंहका नाममा होल्डिङ पिटिवाई लिमिटेड र ओसिस प्रोटेक्टिभ सर्भिस पिटिवाई लिमिटेड नामक दुई कम्पनी रहेको भेटिएको छ । आपराधिक समूहबाट आएको रकमसमेत उनीहरूको खातामा जम्मा हुने गरेको अनुसन्धानले देखाएको छ । सन् २०१६ देखि २०१८ सम्म गगनदीप यस कम्पनीको निर्देशक तथा सचिव थिए । त्यसयता भने दहल यस कम्पनीका निर्देशक र सेयर धनी रहँदै आएकी छिन् । रकम परिचालन गर्ने कार्यमा थापाको संलग्नता देखिएको छ । घटना अनुसन्धानका लागि खटिएका जासुस इन्स्पेक्टर निक रिड भन्छन्, अनुसन्धानले थप प्रमाण जुटाउनेछ । अरू केही व्यक्तिहरू पक्राउ पर्न सक्छन् ।’

प्रतिक्रिया दिनुहोस
भरतपुरमा गुडिरहेको कारमा लाग्यो आगो, एक जनाको मृत्यु

     चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै एक कारमा आगलागी हुँदा एक...

एमालेको पुनर्गठन कार्यदल बैठकमा दुई प्रतिवेदन पेश हुृने

    शुक्रबार नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा दुई...

सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छ : अमरेशकुमार सिंह

    रास्वपाका सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले...

संसद् पुनर्स्थापना एमालेको एजेन्डा : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी केन्द्रीय समितिको बैठकले जेनजी आन्दोलनपछि...