आफूलाई नचाहिने लुगा छोड्नुस, चाहिने लुगा लैजानुस… (भिडियो सहित)



हाम्रो इकोनोमि

 

सिंहदरबारको पूर्वीगेटको अघि ल्तिर जस्ता पाताको टहरो छ । टहरोमुनि ह्याङ्गरमा लुगा झुण्ड्याइएका छन् । हेर्दा पसल जस्तो देखिन्छ । तर लुगाहरु नयाँ भने होइनन्, पुराना लुगा हुन् । ती लुगा नियाल्दै थिए, जमलका अमर शाह । उनी आफ्नो नापको लुगा छान्दै थिए । उनले मनपरेका पाइन्ट, सर्ट र ज्याकेट झोलामा हाले तर उनले ती लुगाहरुको मूल्य तीर्नु नपर्दा दंग देखिन्थे ।

उनले दंग पर्दै भने ‘हामी गरिबले पैसा तिरेर लुगा पसलबाट नयाँ लुगा किनेर लाउन सक्दैनौँ। यसरी लुगा पाउँदा धेरै खुशी लागेको छ।’ उनले मागेर नै आफ्नो जीविका चलाउने रहेछन् । उनले एक बटुवा मार्फत सिंहदरबारको पूर्वी गेट अगाडि सित्तैमा लुगा दिने ठाउँ छ भन्ने थाहा पाए । त्यहि भएर उनी त्यहाँ आएका रहेछन् । यो ठाउँमा पुराना लुगा ल्याउनमा ‘हन्ड्रेड ग्रुप’ को भूमिका छ ।

विगत तीन वर्षदेखि सामाजिक क्षेत्रमा काम गर्दै आएको संस्था हो ‘हन्ड्रेड ग्रुप’। यस गु्रपले प्राकृतिक प्रकोपमा परेका र गरिबहरुलाई सहयोग गर्ने गर्छ। खाना, नाना,छाना, गरिबी र अशिक्षाको, अभावको अन्त्य स्वदेशमा रोजगार सिर्जना’ भन्ने मुल नाराका साथ ‘हन्ड्रेड ग्रुप’ ले पुराना लुगा, भाँडाकुँडा, खेलौना र जुत्ता–चप्पल संकलन गरी गरिब तथा प्राकृतिक विपत्तिबाट प्रभावितलाई दिने उद्देश्यसहित काम गर्दै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस
मास्टर्नीको प्रमोसन गीतमाथि शिक्षक महासंघको आपत्ति

    अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतमा नेपाल...

हिमालयन रिम फिल्म प्रदर्शनी काठमाडौंमा सुरु

    २०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी” नेपालमा शुरु भएको छ ।...

सीजीले ल्यायो वर्ल्ड कप टु वर्ल्ड कप योजना

  फुटबलको महाकुम्भ  विश्वकप  को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ । नेपाली...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...