जहाजभित्रै पति पत्नीले यस्तो हर्कत गर्न थालेपछि पाइलटले गराए आकस्मिक अवतरण हेर्नुहोस् यस्तो सम्म भयो



हाम्रो इकोनोमि

 

 

विमानका यात्रुले रिसले चुर भएर आफ्नी पत्नीको मुखमा थुकिदिएपछि विमानका पाइलटले आकस्मिक अवतरण गराएका छन् । विमानयात्रु एडवर्ड मोन्गनले आफ्नी पत्नीको मुखमा थुकिदिएका हुन् । पत्नीको मुखमा थुक्ने यात्रुलाई ८ लाख रुपैयाँको जरिवाना तिराइएको छ । विमान आन्ध्र महासागरमाथि उडिरहँदा बेलायतका मोन्गनले पत्नीसंग झगडा गर्दै मुखमा थुकिदिएका थिए । विमान बेलायतबाट मेक्सिको जाँदै थियो । विमानचालकलाई झगडा बढेपछि चिन्ता लाग्यो अनि उनले बर्मुडाको टापुमा आकस्मिक अवतरण गराए ।

पतिपत्नीबीच झगडा कसरी शुरू भयो भन्ने कुरा थाहा हुन सकेको छैन । तर मोन्गनले पत्नीलाई गाली गरेको चाहिँ सुनिएको थियो । टीयूआई एयरवेजमा अघिल्लो आइतवार यो घटना भएको हो । मोन्गनले पत्नीसँग प्रयोग गरेको भाषाका बारेमा क्याबिन म्यानेजर यान मारी इभान्सले कुरा गर्न खोज्दा उनले भने, ‘भाग् । मेरा आँखाबाट टाढा भइजा ।’ बर्मुडाको राजधानी ह्यामिल्टनको एक अदालतका मजिस्ट्रेटहरूले मोन्गनलाई ८ लाख रुपैयाँको जरिवाना तिर्न लगाएका छन् ।

पत्नी माथि नराम्रो व्यवहार देखाएको, विमान कर्मचारीमाथि हस्तक्षेप गरेको र अभद्र भाषाको उपयोग गरेको आरोप स्वीकारेपछि जरिवाना लगाइएको हो । मोन्गनले पत्नीलाई थुकेर विमान कर्मचारीलाई जान भनेपछि आफू पछिल्तिर गए अनि अर्का विमान कर्मचारीसँग झर्कोफर्को गरे र अझै अर्का विमान कर्मचारीलाई धकेले –

प्रतिक्रिया दिनुहोस
हिमालयन रिम फिल्म प्रदर्शनी काठमाडौंमा सुरु

    २०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी” नेपालमा शुरु भएको छ ।...

सीजीले ल्यायो वर्ल्ड कप टु वर्ल्ड कप योजना

  फुटबलको महाकुम्भ  विश्वकप  को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ । नेपाली...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...