कृषकलाई अनुदान र सहुलियत ऋण, कृषि विकास बैंकसँग सरकारको १४ बुँदे सम्झौता



हाम्रो इकोनोमि

 

प्रदेश ३ सरकारले कृषकहरुलाई अनुदान र सहुलियत ऋण उपलब्ध गराउने भएको छ । त्यसका लागि प्रदेश सरकारले मंगलबार कृषि विकास बैंकसँग १४ बुँदे सम्झौता गरेको छ ।

 

प्रदेशका कृषक, कृषक समूह, सहकारी एवंम उद्यमी व्यवसायीहरुलाई प्रोत्साहन र प्रवर्द्धन गर्न भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र कृषि विकास वैंक लिमिटेडबीच मंगलबार हेटौंडामा ‘सहुलियतपूर्ण ऋण र अनुदान’ समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

 

समझदारी पत्रमा मन्त्रालयको तर्फबाट सचिव डाक्टर योगेन्ऽ कुमार कार्की र कृषि विकास बैकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले हस्ताक्षर गरे । समझदारीपत्रमा हस्ताक्षर कार्यक्रममा मुख्यमन्त्री डोरमणि पौडेलले अवको तीन/चार वर्षमा कृषि क्षेत्रमा क्रान्ति ल्याउने गरी काम गरिनुपर्ने बताए ।

 

कृषिमा क्रान्ति सामुहिक खेती प्रणालीबाट मात्रै हुने भन्दै अब मिलेर खेती गर्नुपर्नेमा जोड दिए । सरकारले समृद्धिका कुरा गरिरहँदा जनताको आर्थिक उपार्जन र रोजगारी सिर्जनातर्फ पनि ध्यान दिने मुख्यमन्त्री पोडेलले बताए ।

 

प्रदेशका कृषि मन्त्री दावा दोर्जे लामाले बैंकसँगको सम्झौताको काम सँगै कार्यान्वयन पनि तुरुन्तै गरिने बताए । किसानका निम्ति हरेक क्षेत्रमा काम गर्ने गरी मन्त्रालय अगाडि बढेको बताउँदै कृषिलाई वैज्ञानिक ढंगले यान्त्रीकरण गरेर व्यावसायीकता तर्फ लैजाने मन्त्री लामाले बताए ।

 

मन्त्रालय र बैंकबीच समझदारी पत्रमा हस्ताक्षर भएसँगै प्रदेश ३ का किसानहरुका लागि कृषि क्षेत्रमा व्यावसायिक रुपमा काम गर्नका लागि सहजता मिल्ने भएको छ ।

 

समझदारी पत्रमा हस्ताक्षर गरेसँगै दुबै कार्यालयलाई काम गर्ने बाटो खुलेसँगै काम गर्ने चुनौती पनि थपिएको छ । कृषि प्राबिधिक, बेरोजगार तथा विदेशबाट फर्किएका युवाहरुलाई सहुलियतपूर्ण कृषि ऋण उपलव्ध गराउनका लागि बैंकसँग समझदारी गरिएको हो ।

 

प्रदेशका कृषक, कृषक समूह, सहकारी एवंम उद्धमी व्यावसायीहरुलाई प्रवाह गरिने अनुदान कृषि विकास बैंकमार्फत हुने व्यवस्था गरिएको छ । कार्यक्रममा प्रदेश ३ का नीति तथा योजना आयोगका सदस्य श्याम बस्नेत, प्रमुख सचिव आनन्दराज ढकाललगायतकाको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...