दिनमा कति घण्टा मोबाइल चलाउने हेर्नुहोस्



हाम्रो इकोनोमि

 

अहिले विज्ञान र प्रविधिको युग हो । अहिले स्मार्ट फोट सबैको हातमा लगभग हुन्छ । मोबाइलको धेरै प्रयोग गर्ने गर्नाले स्वास्थ्यमा गम्भीर खालको असर देखिने विज्ञहरु बताउँदै आइरहेका छन् । यो बीचमा मोटोपना बढाउने एक कारण मोबाइलको अत्यधिक प्रयोग हुनसक्ने देखिएको छ ।

क्यालिफोर्नियाको सिमोन बोलिभोर युनिभर्सिटीको अध्ययनले दिनभर ५ घण्टा प्रयोग गर्दा मोटोपन बढ्ने खतरा ४३ प्रतिशतसम्म बढ्नसक्ने पाइएको छ । अध्ययनमा मोबाइलमा व्यस्त रहँदा शारीरिक गतिविधि नहुनु र धेरै खानेकुरा खानु पनि सामेल छ । अध्ययनमा १ हजार विद्यार्थी सामेल थिए । जुन देखि डिसेम्बर २०१८ मा यो अध्ययन गरिएको थियो ।

सो अध्ययनअनुसार मोबाइल अत्यधिक प्रयोग गर्ने विद्यार्थी पेय पदार्थ, फस्ट फुडलगायतका खाना खान्छन् । साथै अभ्यास कम गर्छन् । यसले मानिसको मेटाबोलिज्म सुस्त हुन थाल्छ र निद्रा नलाग्ने समस्या बढ्छ । जसको कारण तौल बढ्न थाल्छ । शोधकर्ता तथा हृदय रोग विशेषज्ञ प्रोफेसर मिरेरी मेन्टीला–मोरोनका अनुसार अध्ययनमा बिरामिको हातमा भएको मोबाइल स्वास्थ्य बिगार्ने प्रमुख कारण हो ।

लगातार मोटोपना बढ्नुले मुटुको रोग पनि लाग्न सक्छ । अनुसन्धानमा पाइएअनुसार २५ प्रतिशत विद्यार्थी धेरै तौलका थिए । जो प्रतिदिन ५ घण्टाभन्दा बढी समय मोबाइल चलाउँथे । टेक्सासका राइस युनिभर्सिटीका अनुसार फोनको अत्यधिक प्रयोग गर्ने मानिसलाई फास्ट फुड दिने हो भने उनीहरुको आफूमाथिको नियन्त्रण कम हुन्छ ।

प्रतिक्रिया दिनुहोस
मास्टर्नीको प्रमोसन गीतमाथि शिक्षक महासंघको आपत्ति

    अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतमा नेपाल...

हिमालयन रिम फिल्म प्रदर्शनी काठमाडौंमा सुरु

    २०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी” नेपालमा शुरु भएको छ ।...

सीजीले ल्यायो वर्ल्ड कप टु वर्ल्ड कप योजना

  फुटबलको महाकुम्भ  विश्वकप  को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ । नेपाली...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...