इन्जिनियर खनाल हतियार र गोलीसहित पक्राउ



हाम्रो इकोनोमि

 

काठमाडौँको कलंकीस्थित हाइड्रो इन्जिनियर विष्णुप्रसाद शर्माको घरमा गोली हानेको आरोपमा प्रहरीले सडक डिभिजन कार्यालयका पूर्वइन्जिनियर शुभाकर खनाललाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले खनाललाई आज दिउँसो नियन्त्रणमा लिएको हो । प्रहरीले शुभाकरको घरबाट दुई थान हतियार र ५० राउन्ड गोलीसमेत बरामद गरेको छ । यी हतियार लाइसेन्सप्राप्त हतियार भएको प्रहरीले जनाएको छ ।

गएराति ९ बजेतिर शर्माको घरलाई लक्षित गरि गोली प्रहार भएको थियो । गोली शर्माकी छोरी पढिरहेको तेस्रो तलामा रहेको कोठाको झ्यालबाट भित्र झरेको थियो । गोलीबाट कुनै मानवीय क्षती भने भएको छैन ।

गएराति नै ११ बजे प्रहरीले खनालको घरमा खानतलासी गर्न खोज्दा ढोका नखुलेका कारण आज बिहान खानतलास गरेको हो ।

यद्यी, प्रहरीले खनालले नै गाेली चलाएको भने दाबी गरेको छैन । लाइसेन्स प्राप्त हतियारबाट गोली चलेको जस्तो देखिएका कारण उनलाई नियन्त्रणमा लिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...