पत्नी सीताको इच्छामा दुई छोरीसहित नेकपाका अध्यक्ष यूएई घुम्न हिडे



हाम्रो इकोनोमि

 

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संयुक्त अरब इमिरेट्स (युएई) प्रस्थान गरेका छन् । नेकपा अध्यक्ष प्रचण्ड  मंगलबार बिहान पत्नी सीता, छोरीहरु रेणु दाहाल र गंगा दाहालसहित युएई प्रस्थान गरेका हुन् । लामो समयदेखि बिरामी पत्नी सीताको इच्छामा यो भ्रमण तय गरिएको पारिवारिक स्रोतले जनाएको छ ।

 

५ दिने युएई भ्रमणका क्रममा अध्यक्ष दाहालको कुनै पनि राजनीतिक भेटघाटको कार्यक्रम तय नभएको बताइएको छ । नेकपा अध्यक्ष प्रचण्डले सोमबार बसेको पार्टी सचिवालय बैठकमा आफ्नो यूएई भ्रमणबारे जानकारी गराएका थिए । फाईल तस्विर

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...