क्रिकेट पूर्व कप्तानको दु:खद निधन



हाम्रो इकोनोमि

 

महिनादेखि रक्त क्यान्सरको उपचार गराइरहनुभएका मकवानपुर क्रिकेटका पूर्वकप्तान नीरज श्रेष्ठको निधन भएको छ ।

समयदेखि नेपाल तथा भारतका विभिन्न अस्पतालमा उपचार गराइरहनुभएका श्रेष्ठको शहीद मेमोरियल अस्पताल काठमाडौँमा आइतबार निधन भएको क्रिकेट संघ मकवानपुरका सचिव दीपेन्द्र ढकालले जानकारी दिनुभयो ।

३६ वर्षीय श्रेष्ठले मकवानपुरमा क्रिकेटको प्रवद्र्धनका लागि महत्वपूर्ण योगदान गर्नुभएको थियो ।

क्रिकेट संघ मकवानपुरले एक शोक वक्तव्यमार्फत मकवानपुर क्रिकेट संघका सदस्य एवं पूर्वकोषाध्यक्ष तथा मकवानपुरको पूर्वकप्तानसमेत रहनुभएका श्रेष्ठको निधनले क्रिकेट क्षेत्रले आशलाग्दो युवा गुमाउनुपरेको जनाएको छ ।

खेलकूद विकास समिति मकवानपुरका सचिव खुशराज दाहालले खेलाडी श्रेष्ठको निधन राष्ट्रको खेल क्षेत्रका लागि अपुरणीय क्षति भएको बताउनुभयो । मृतक श्रेष्ठका आमा, बुबासहित श्रीमती र एक छोरा छन् ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...