यी हुन् अर्काकी श्रीमती भगाउने चर्चित अनुहारहरु…



हाम्रो इकोनोमि

 

हाम्रो संस्कारमा परस्त्रीसँगको सम्बन्धलाई नाजायज मानिन्छ । तर, बलिउडको फिल्मी दुनियाँले यस्ता नाजायज सम्बन्धलाई पचाई सकेको छ । परस्त्रीसँगको सम्बन्धका बिषय सवैजसो फिल्ममा नछुटने बिषय हुन् । पर्दामा यस्ता बिषय रुचाइएपनि समाज त्यति सजिलै पच्दैन् ।

बलिउडमा केही नायक नायिका छन् जसले रिलमा मात्रै हैन रियलमा पनि अर्काकै श्रीमति रोजे । अर्काको घर बिगारेर आफ्नो घर बसाल्ने कलाकारको जोडी यस्तो छ ।

सञ्जय दत्त- मान्यता:

अहिले मान्यता सञ्जय दत्तकी श्रीमति हुन् । मान्यताले सञ्जयसँग बिबाह गर्नु अघि मिराज उर रहमान शेखसँग बिबाह गरेकी थिईन् ।

शेखले खुसी नदिएको भन्दै सञ्जयसँग दोस्रो बिहे गरेकी थिईन् उनले । सञ्जय र मान्यताले बिवाह गर्दासम्म पनि उनीहरुवीच सम्बन्ध विच्छेद भएको थिएन । जसले गर्दा शेखले मान्यता र सञ्जयको बिवाह अबैध भएको बताएका थिए । तर, अदालतले सञ्जय र मान्यताको बिबाहलाई वैधानिकता दिएको थियो ।

अनुपम खेर- किरण खेरः

अनुपम खेर र किरण खेरको बैबाहिक जीवन पनि फिल्मी शैलीको छ । किरणको पहिलो बिबाह मुम्बईका ब्यबसायी गौतम बेरीसँग भएको थियो । तर, बिबाह गरेको एक वर्षमै उनीहरुले सम्बन्ध बिच्छेद गरे । थिएटरमा काम गर्दा नै साथी बनेका अनुपमले पछि किरणलाई बिहे गरे भने किरणको एक सन्तानलाई समेत अपनाए ।

मिथुन चक्रवर्ती- योगीता बाली:

डिस्को डान्सर मिथुन चक्रबर्तीले किशोर कुमारको तेस्री श्रीमति योगीता बालीसँग बिबाह गरेका थिए । योगिता र किशोर कुमारले सन् १९७६ मा बिबाह गरेका थिए भने बिबाहको दुई वर्षपछि नै उनीहरु अलग भएका थिए । सन् १९८९ मा योगीताले मिथुनसँग बिबाह गरेकी थिईन् ।

गुलजार-राखीः

राखीले पहिलो बिबाह बंगाली फिल्म निर्देशक अजय विश्वाससँग गरेकी थिईन् । पहिलो घरवार बिग्रेपछि गुलजारसंग बिहे गरेकी राखीको दोस्रो बैबाहिक जीपन पनि सफल हुन सकेन । उनीहरु बिबाहको एक वर्षपछि छुटि्टएका थिए ।

समीर सोनी- नीलम :

समीर सोनीले मोडल राज्यलक्ष्मी खानविलाससँग बिबाह गरे पनि ६ महिनामै सम्बन्ध टुट्यो । लगत्तै समीरले निलम कोठारीसँग बिबाह गरेका थिए । तर, समीर र निलमको बिबाह पनि लामो समयसम्म टिक्न सकेन ।

प्रतिक्रिया दिनुहोस
हिमालयन रिम फिल्म प्रदर्शनी काठमाडौंमा सुरु

    २०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी” नेपालमा शुरु भएको छ ।...

सीजीले ल्यायो वर्ल्ड कप टु वर्ल्ड कप योजना

  फुटबलको महाकुम्भ  विश्वकप  को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ । नेपाली...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...