स्कूल विभाग कसैले पाएनन्, राखे ओली- प्रचण्डले



हाम्रो इकोनोमि

 

नेकपाले स्कूल विभागको विवाद टुंग्याउँदै विभाग, आयोग र प्रवासको आज कार्यबिभाजन गर्ने भएको छ । नेकपामा पार्टी स्कूल विभागको प्रमुखलाई लिएर निकै तानातान भएको थियो । स्कुल विभागमा दुवै दलले सामान दावी गरेपछि नेकपा सचिवालयको बैठक दुई पटक स्थगित भइसकेको थियो ।

 

पार्टी स्कूल विभागमा पूर्वएमालेबाट ईश्वर पोखरेल र पूर्वमाओवादीबाट नारायणकाजी श्रेष्ठले जवरदस्त दावी गरेका थिए । दुई जनालाई नै स्कूल विभागको प्रमुख नबनाउने गरी दुई अध्यक्षले सहमति गरेका छन् । अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड आफैले पार्टीको स्कुल विभाग राख्ने भएका छन् ।

 

पार्टी स्कुल विभागमा धेरै विवाद भएपछि नेकपाका केन्द्रीय सदस्यहरुले दुई अध्यक्षले नै यो बिभागको जिम्मेवारी लिनुपर्ने सुझाव दिएका थिए । ‘पहिले पनि पार्टी अध्यक्षले नै स्कुल विभाग आफैसँग राखेका उदाहरणहरु छन् । विवाद हल गर्न भएपनि स्कुल विभाग दुवै अध्यक्षले आफु मातहत राख्नु पर्दछ’ नेकपा केन्द्रीय सदस्य विष्णु रिजालले भने ।

 

रिजालजस्तै धेरै केन्द्रीय सदस्यहरुले पार्टी स्कुल विभागको जिम्मा दुई अध्यक्षले नै राख्नु पर्ने सुभाव दिएका थिए । केन्द्रीय सदस्यको सुझावपछि स्कुल विभाग दुई अध्यक्षले नै राख्ने भएका छन् । स्कुल विभागको विवाद हल भएपछि नेकपाले आइतवार दिउँसो ३ बजे सचिवालय बैठक डाकेका छ ।

 

केन्द्रीय विभागको प्रमुखमा पनि प्रभावशाली नेताहरु नै प्रमुख बन्ने भएका छन् । विदेश विभागमा माधव नेपाल, संगठन विभागमा बामदेव गौतम र प्रचार बिभागमा नारायणकाजी श्रेष्ठले पाउने गरी सहमति जुटिसकेको छ ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...