मन्त्रीमण्डल पुनर्गठन गर्दै प्रधानमन्त्री, रावल र भट्टराई मन्त्री हुने पक्का



हाम्रो इकोनोमि

 

सरकार गठन भएको सत्र महिनापछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल पुनर्गठनको गृहकार्य अगाडि बढाउनुभएको छ । सरकारका मन्त्रीहरुको काम प्रभावकारी नभएको आलोचना र गुनासो बढेपछि मन्त्रीमण्डल पुनर्गठन गर्ने गृहकार्यमा प्रधानमन्त्री ओली लाग्नुभएको हो ।

 

सरकारको कामलाई प्रभावकारी बनाउन र परिणाम देखाउने गरी काम गर्न मन्त्रीमण्डल फेर्नुपर्ने पार्टीभित्रबाटै दबाब बढेपछि एक दुई सातादेखि उहाँले पार्टीका नेताहरुसँग छुट्टाछुट्टै छलफल गर्नुभएको छ ।

 

नेकपाका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीका सचिवालयको एक सदस्यका अनुसार मन्त्रीमण्डल पुनर्गठन गर्न पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्धय माधव कुमार नेपाल र झलनाथ खनाल, सचिवालय सदस्य वामदेव गौतम लगायतका शीर्ष नेताहरुसँग परामर्श गर्नुभएको छ । साथै उहाँले मन्त्रीमण्डल फेर्दा नयाँ मन्त्री हुने पात्रको बारेमा पनि परामर्श गर्नुभएको छ ।

 

सरकार सञ्चालनलाई प्रभावकारी बनाउन पार्टीका शीर्ष नेताको सुझावलाई आत्मसाथ गर्दै प्रधानमन्त्री ओलीले पार्टीको विभाग र आयोगका प्रमुखहरुको जिम्मेवारीको टुंगो लागेलगत्तै मन्त्रिमण्डल पुनर्गठन गर्ने तयारी गर्नुभएको उहाँको सचिवालयका एक सदस्यले बताए ।

 

उनका अनुसार चारवटा मन्त्रीबाहेक अरु मन्त्रीलाई विदाई गरेर नयाँ मन्त्रीलाई ल्याउने प्रधानमन्त्रीको तयारी छ । गृह, रक्षा, उर्जा, परराष्ट्र र सञ्चारबाहेक अन्य मन्त्री हटाउने गृहकार्यमा प्रधानमन्त्री लाग्नुभएको स्रोतको दावी छ ।

प्रधानमन्त्री मन्त्री मात्र होइन सचिवालयका विवादित सदस्यलाई हटाएर नयाँ पात्र ल्याउने कसरतमा लाग्नुभएको छ, स्रोतले भन्यो, ‘दुई तिहाईको सरकारले परिणाम दिने गरी काम गर्ने मन्त्री ल्याउन प्रधानमन्त्री कटिवद्ध हुनुहुन्छ ।’

 

भीम रावल, योगेश भट्टराई, महेश वस्नेत, जनार्दन शर्मा, देवेन्द्र पौडेल नयाँ मन्त्री हुनेहरुको पहिलो सूचिमा रहनुभएको छ । विगतमा गुटगत रुपमा मात्र मन्त्री बनाएको आलोचना खेप्नुभएका प्रधानमन्त्री ओलीले यसपटक सबै गुटबाट प्रतिनिधित्व हुने र काम गर्नसक्ने पात्र समावेश गर्ने गृहकार्य अगाडि बढाउनुभएको छ ।

 

यसैगरी समाजवादी पार्टीको भागमा परेको शहरी विकास मन्त्री मोहम्मद इश्तियाक राईलाई परिवर्तन गर्नुपर्ने माग उठेको बताइएको छ । प्रधानमन्त्री ओलीले उक्त पार्टीका अध्यक्ष एवं उपप्रधानमन्त्री उपेन्द्र यादवसँग यसबारे छलफल गर्नुभएको बताइएको छ ।

नेकपाका स्थायी समिति सदस्य देवेन्द्र पौडेलले पार्टीभित्रको कार्यविभाजन टुंगो लागेपछि मन्त्रीमण्डल पुनर्गठन हुने गरी गृहकार्य अगाडि बढिरहेको बताउनुभयो । ‘मन्त्रीमण्डल पुनर्गठनको विषयमा पार्टीभित्र छलफल अगाडि बढेको छ, प्रधानमन्त्रीले छिट्टी निर्णय लिनुहोला ।’

मन्त्रीमण्डल पुर्नगठन गर्ने तयारी तीब्र बनेपछि प्रधानमन्त्री निवास वालुवाटार र अध्यक्ष प्रचण्ड निवास भैसीपाटीमा हाल भइरहेका मन्त्रीहरुको घुइँचो बढेको छ । नयाँ मन्त्री बन्नका लागि नेताहरुले लविङ अगाडि बढाएका छन् ।

प्रतिक्रिया दिनुहोस
गगन थापा रास्वपा महाधिवेशनमा जाने

    कांग्रेस सभापति गगन थापा रास्वपाको पहिलो महाधिवेशन उदघाटन सत्रमा सहभागी हुने...

वेबसाइट निर्माण प्रतियोगिता सिजन ८ को उपाधि अङ्किता भट्टराईलाई

    क्लिन्टन स्कुलकी अङ्किता भट्टराईले लाइफ कम्प्युटरद्वारा आयोजित ‘वेबसाइट निर्माण प्रतियोगिता –...

एमाले सुदूरपश्चिम पनि पार्टी पुनर्गठनको पक्षमा

    नेकपा एमालेको सुदूरपश्चिम प्रदेशस्तरीय सुझाव संकलन कार्यक्रममा अधिकांश नेता तथा कार्यकर्ताले...

सरकारविरुद्ध सडकमा जानुपर्ने हुनसक्छ : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारको क्रियाकलाप जनविरोध भएको...