नेकपामा कसैलाई पदै पद, कसैलाई पुर्पुरोमा हात



हाम्रो इकोनोमि

 

नेकपा एकतामा गुटगत स्वार्थका कारण कुनै नेतालाई पदै पदको भारी भएको छ । कतिपय नेता भने भूमिकाविहीन बनेका छन् । शीर्ष नेताका विश्वास पात्रले तीनदेखि चार पदसम्म ओगटेका छन् । एकतामा कसैलाई पदै पद त कसैलाई पुर्पुरोमा हात भएको छ ।

 

प्रदेश ३ का आन्तरिक मामिलामन्त्री शालिकराम जम्कट्टेल अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का विश्वासपात्र हुन् । उनी चार पद पाउने भाग्यशाली देखिएका छन् । उनीसँग एक होइन जिल्लादेखि केन्द्र र सरकारसम्म चार पद छन् । उनले नेकपाको धादिङ जिल्लामै दुई पद पाएका छन् । जिल्ला इन्चार्ज र सचिव दुवै पदको उनको भागमा परेको छ । त्यसैगरी उनी नेकपा केन्द्रीय सदस्य र प्रदेश ३ का आन्तरिक मामिलामन्त्री छन् ।

 

अर्का भाग्यमानी हुन् सञ्चार, सूचना तथा प्रविधिमन्त्री गोकुल बाँस्कोटा । उनी तत्कालीन नेकपा एमालेको नवौं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा पराजित भएका थिए । तर, नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको आशीर्वादमा उनले तीन पद हत्याएका छन् । केन्द्रीय सरकारको सञ्चारमन्त्री, नेकपा केन्द्रीय सदस्य र काभ्रे जिल्ला इन्चार्जसहित तीन पद उनले पाएका छन् ।

 

त्यस्तै, प्रधानमन्त्री ओलीका विश्वासपात्रमा भूमिव्यवस्थामन्त्री पद्मा अर्याल पनि पर्छिन् । उनले पनि तीन पद पाएकी छन् । मन्त्री, केन्द्रीय सदस्य र स्याङ्जा जिल्ला इन्चार्ज । संघ सरकारको भूमिव्यवस्थामन्त्री बनेकी अर्याललाई मन्त्रालय सम्हाल्न धौधौ छ । त्यसमाथि दुई पद थपिएका छन् ।

 

एकै व्यक्तिलाई चार पद दिँदा गुटगत स्वार्थ पूरा भए पनि सेवाप्रवाह हुन नसक्ने भन्दै नेकपाभित्र आलोचना सुरु भएको छ । एउटै पद सम्हाल्न नसकेर असफल भएका व्यक्तिलाई चार पद दिइएको छ । तीनदेखि चार पद पाउने व्यक्तिले समय व्यवस्थापन गर्न नसक्ने र पदप्रति न्याय पनि हुन नसक्ने नेता ठाकुर गैरेले बताए ।

 

त्यसैगरी कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई पनि तीन पद मिलेको छ । मुख्यमन्त्रीमै समय व्यवस्थापन गर्न नसकेका शाहीलाई पार्टीको केन्द्रीय सदस्य र कालिकोट जिल्लाको इन्चार्ज दिइएको छ ।

प्रतिक्रिया दिनुहोस
लघुवित्त पीडितको माइतीघरमा आमरण अनशन

    लघुवित्त तथा वित्तीय संस्थाबाट पीडित एक समूहले आफ्ना माग कार्यान्वयनको दबाब...

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था

    ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा बैंक खाता खोल्न सकिने...

पहिरोले मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध

     मुग्लिन–नारायणगढ सडक खण्डको खहरे खोला नजिकै सुक्खा पहिरो जाँदा सवारी आवागमन...

इनड्राइभ ड्राइभिब नारी नेपाल प्रमाणपत्र प्रदान

    विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले महिलालाई ड्राइभिब पेसामा अघि बढ्न...