५ लाख नेपाली कामदार जापान पठाउने प्रक्रिया अन्तिम चरणमा, कात्तिकमा भाषा र सीप परीक्षण हुने



हाम्रो इकोनोमि

 

अहिले सर्वाधिक चर्चामा रहेको जापान रोजगारबारे नयाँ जानकारी आएको छ । नेपालीहरुको आर्कषणका रुपमा रहकेो जापानमा जानको लागि भाषा परीक्षाका बारेमा नयाँ अपडेट आएको हो । नेपाल र जापानबीच गएको चैतमा श्रम समझदारी भएको थियो । समझदारी अनुसार जापानले निर्धारण गरेका १४ वटा कामका क्षेत्रमध्ये अहिलेलाई ‘नर्सिङ केयर गिभर’को काममा नेपाली कामदार लैजाने जानकारी दिएको छ ।

 

आउँदो कात्तिकमा भाषा र सीप परीक्षण हुने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । जापान फाउण्डेशनले कात्तिक ११ र १२ मा भाषा परीक्षा तथा २१ र २२ मा सीप परीक्षण सञ्चालन गर्ने मिति आफ्नो वेवसाइटमा राखे पनि मन्त्रालयलाई आधिकारिक मिति तोकेर पत्र नआएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत वैदेशिक रोजगार महाशाखाका उपसचिव दीपक ढकालले जानकारी दिनुभयो ।

जापानले लैजाने ‘स्पेसिफाइड स्किलड वर्कर’ का लागि भाषा र सीप दुवै परीक्षा अनिवार्य पास गर्नुपर्ने हुन्छ । नर्सिङ केयरगिभरको काममा जानका लागि भाषा परीक्षामा इच्छुक सबै सहभागी हुनसक्ने ढकालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘नर्सले मात्र परीक्षा दिन पाउने र उनीहरु मात्र परीक्षाका लागि योग्य हुने होइन, नर्सिङ केयरगिभरको काम भएकाले इच्छुक सबैले भाषा र सीप परीक्षामा सहभागी हुन पाउँछन् । सीप परीक्षणमा पनि कामसँग सम्बन्धित भाषा नै परीक्षण हुन्छ ।’

 

आउँदो अप्रिल १ देखि नेपाली कामदार लैजाने प्रक्रिया थाल्ने गरी श्रम समझदारी भए पनि कामदार जापान पठाउने सन्दर्भमा अझै पनि धेरै कुराहरु स्पष्ट भएका छैनन् । कहिलेदेखि कामदार लैजाने, कति संख्यामा लैजाने भन्ने कुरा अझै टुंगो लाग्न बाँकी छ । अस्पष्ट भएका कतिपय कुरामा नेपालले जापानलाई पत्र पठाएको छ । अहिले जापानले जवाफ नदिएको भन्दै आधिकारिक जानकारी नआएसम्म भन्न सक्ने अवस्था नभएको उहाँले जानकारी दिनुभयो ।

जापानले कामदार लैजान छनोट गरेका क्षेत्रहरूमा कृषि, नर्सिङ केयर, सवारी साधन मर्मत र सम्भार, निर्माण उद्योग, सरसफाइ, मत्स्य, हवाई सुरक्षालगायत छन् । जापानले आवश्यक पर्ने नर्सिङ केयरगिभरको काममा नेपालसहित चीन, भियतनाम, फिलिपिन्स, म्यानमार, थाइल्यान्ड, कम्बोडिया, इन्डानेसिया र मंगोलियाबाट कामदार लैजाने बताएको छ ।

 

नेपाल र जापानबीच श्रम समझदारी हुँदा नेपालका लागि जापानी राजदूत मासामिची साइगोले नेपाली कामदारले जापानी नागरिक सरह सेवा सुविधा पाउने बताउनुभएको छ । दुई देशबीच हस्ताक्षरको प्रक्रियामा रहेको एमओसी अनुसार कामदार पठाउन म्यानपावर कम्पनीहरू रहने छैनन् । तर अहिलेसम्म कुन संयन्त्रमार्फत कामदार जान्छन् भन्ने कुरा टुङ्गो लागेको छैन । जापानमा नेपाली श्रमिकका लागि पाँच वर्षको करार अवधि हुने र उच्च सीप भएका कामदारले समय थप्न सक्ने र परिवार लान पाउने प्रावधान दुई देशबीच भएको समझदारीमा छ ।

 

हिजोआज जापानी भाषा सिकाउने थुप्रै केन्द्रहरु खुलेका छन् । तर अबदेखि जथाभावी भाषा नसिक्नुहोस् । जापानी भाषा सिकाउनका लागि जापानमै गएर प्रशिक्षण लिएर आएका प्रशिक्षक मात्र अबदेखि भाषा सिकाउन योग्य हुनेछन् । त्यसका लागि केन्द्रहरुलाई निवेदन दिएर भाषा सिकाउने प्रशिशिक्षकलाई तालिमका लागि पठाउन जापान फाउण्डेशनले आह्वान पनि गरेको छ ।

 

जापानले सीपयुक्त र उच्च सीपयुक्त कामदार लैजाने भएकाले त्यस्ता कामदारलाई भाषा सिकाउने प्रशिक्षक पनि यसको बारेमा जानकार हुनुपर्ने छ । जथाभावी खुलेका यस्ता तालिम केन्द्रले राम्रोसँग भाषा नसिकाउने र भविष्यमा आफूलाई समस्या पर्न सक्ने भन्दै जापान सरकारले नेपालका लागि आफैंले शिक्षकको व्यवस्था गर्न लागेको हो ।

जापान सरकारले त्यसका लागि गएको सोमबार मन्त्रालयलाई पत्र पठाउँदै जापान गएर एक महिनाको भाषा प्रशिक्षण लिएर आएको शिक्षक मात्र नेपालका तालिम केन्द्रमा पढाउन योग्य हुने जानकारी गराएको छ । जापान जान चाहनेलाई आधारभूत र एन ४ तहको भाषा आवश्यक पर्छ । जापानले अहिले क्षेत्रको टुंगो लगाएको भए पनि कति लिने र कहिले देखि लिने भन्ने कुरा निर्णय भएको छैन ।

प्रतिक्रिया दिनुहोस
एमालेमा उपाध्यक्षलाई विभाग र सचिवलाई प्रदेश इन्चार्जको जिम्मेवारी तोक्ने तयारी

    नेकपा एमालेको भोलि बस्ने सचिवालय बैठकले नेताहरुको कार्यविभाजन प्रस्ताव पारित गर्ने...

प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो : एमाले

  प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहले संसद्लाई छल्ने, अपमान गर्ने...

हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा

  श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सदनमा आज पनि प्रधानमन्त्री बालेन शाहको...

प्रधानमन्त्री, मन्त्रीहरू सदनबाट भागे : हर्क साम्पाङ

    श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संसद्प्रति सरकार जवाफदेही नभएको भन्दै...