नेपाल चीन हवाई सम्झौता, १५ विमानस्थलमा नेपाललाई उडान अनुमति



हाम्रो इकोनोमि

 

नेपाल र चीनबीच हप्तामा ९८ वटासम्म एक अर्को देशमा हवाई उडान गर्न पाउने र ८ वटा हवाई रुट प्रयोग गर्न सकिने सम्झौता भएको छ । आज शुक्रबार बेइजिङमा भएको सम्झौता अनुसार नेपालले चीनका १५ वटा विमानस्थलमा उडान अनुमति पाएको छ भने चीनले पोखरा र गौतमबुद्ध विमानस्थलमा हप्तामा २१ वटासम्म उडान गर्न पाउने भएको छ। नेपाल र चीनबीच बेइजिङमा बिहीबार र शुक्रबार भएको दुई पक्षीय वार्तापछि नयाँ हवाई उडान सम्झौता पत्रमा आज हस्ताक्षर भएको हो ।

 

पोखरा र भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल लगायत निर्माणाधीन थप विमानस्थलमा २८ वटा उडान गर्ने पाउने गरी सहमति भएको वार्तामा सहभागी पर्यटन मन्त्रालयका उपसचिव प्रमोद नेपालले जानकारी दिए।

 

पर्यटन मन्त्रालयअन्तर्गतको हवाइ उद्योग व्यवस्थापन महाशाखाका सहसचिव सुरेश आचार्यले नेतृत्व गरेको नेपाली टोली र चीनको तर्फबाट डेपुटी डाइरेक्टर जनरल बाई वेनलीको नेतृत्वमा रहेको टोलीबीच बेइजिङमा दुई दिन वार्ता भएपछि सम्झौता पत्रमा हस्ताक्षर भएको हो।

 

वार्तामा नेपालको तर्फबाट बेइजिङस्थित नेपाली दूतावासका उपप्रमुख सहसचिव सुशील लम्साल, मन्त्रालयका अधिकारी र नेपाल एयरलाइन्स तथा हिमालय एयरलाइन्सका प्रतिनिधि सहभागी भएका थिए।

 

यसअघि सातामा ७० वटा उडान गर्न पाउने सहमति थियो । सन् २०१४ मा भएको नेपाल र चीनबीचको हवाई सम्झौता पुनरावलोक वार्ता चीनको बेइजिङमा भएको हो । सम्झौतामा नेपाली वायुसेवा कम्पनीले चीनका १५ सहरमा उडान गर्न पाउनेछन् । यसअघिको सम्झौतामा ७ सहरमा मात्र उडान हुँदै आएको थियो ।

 

चीनसँगको सन् २०१४ मा भएको सम्झौतामा नेपाल र चीनबीच सातामा ५६/५६ उडान गर्न सकिने उल्लेख थियो । यो सहमतिबाट बढाएर हाल सातामा ७० उडान पुर्‍याइएको थियो। अब भने यो संख्या उपत्यकाबाहिर २८ समेत गरी सातामा ९८ उडान पुगेको छ ।

 

मन्त्रालयका उपसचिव नेपालका अनुसार बेइजिङ, सांघाई, सियान, ग्वान्झाओ, ल्हासा लगायत विभिन्न १५ गन्तव्यमा नेपाललाई उडान अनुमति दिन चीन सहमत भएको छ ।

 

बेइजिङमा भएको सम्झौता अनुसार नेपाल एयरलाइन्सको ग्वान्झाओ उडान चाँडै सुरु हुन सक्नेछ भने हिमालय एयरलाइन्सले बेइजिङबाट आफ्नो उडान सुरु गर्न सक्नेछ । त्यसपछि नेपाल एयरलाइन्सले आफ्नो क्षमताअनुसार चीनका १५ गन्तव्यमध्ये अन्य विमानस्थलमा उडान गर्न सक्नेछ।

 

आफ्ना मुख्य १५ विमानस्थलमा नेपाललाई उडान अनुमति दिन तयार भएको चीनले भने नेपालका पर्यटकीय केन्द्र पोखरा र गौतमबुद्धमा उडान बढाउन रुची देखाएको छ।

 

नेपालले पर्यटकहरूलाई मानसरोवर हवाई यात्रा गराउन तिब्बतको गुन्सा विमानस्थल प्रयोग गर्न दिन माग गर्दै आएको थियो । तर, गुन्सा विमानस्थल अहिले अन्तर्राष्ट्रिय स्तरको नभएकाले त्यसलाई अपग्रेड गरेपछि अनुमति दिन सक्ने विषयमा चीन सकारात्मक बनेको छ ।अहिले चीनबाट एयर चाइना, चाइना इस्टर्न, चाइना साउदर्न, सिचुवान एयरलाइन्स र तिब्बत एयरलाइन्स नेपाल आउँछन् ।

प्रतिक्रिया दिनुहोस
संवेदनशील विषयमा ‘लफङ्गो’ पाराले बोल्नु हुदैन : गगन थापा

     नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारका मन्त्रीहरूले संवेदनशील विषयमा बेला बेलामा...

प्रहरी हुँ भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ

    प्रहरी हुँ भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छिन्...

प्रेस स्वतन्त्रता हनन हुदैन : सञ्चारमन्त्री

    सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमिल्सिनाले सरकारले प्रेस स्वतन्त्रता संकुचन गर्ने...

ब्लु बसभन्दा व्यवस्थापन र गुणस्तरमा सुधार गरियोस् : योगेश भट्टराई

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले सरकारले सञ्चालनमा ल्याउन लागेको ब्लु बसको...