देखाउन खप्पिस साम्राज्ञी !



हाम्रो इकोनोमि

 

केही सेलिब्रिटी हुन्छन्, जो सकभर आफ्नो सम्बन्ध दुनियाँको नजरबाट लुकाएर राख्न चाहन्छन्। तर, केही सेलिब्रिटी साम्राज्ञीराज्यलक्ष्मी शाहजस्ता पनि हुन्छन्, जो सकभर केही लुकाउनै नपरे हुन्थ्यो भन्छन्। उनीहरू प्रेमी मात्र होइन, प्रेमीसँगका एक–एक गतिविधि दुनियाँलाई देखाउँछन्।

देखाउने चक्करमा कति देखाउने भन्ने चाहिँ ज्ञान हुन्न, अनि विवादमा पर्छन्। साम्राज्ञीका नयाँ प्रेमी देवांश राणासँगको बालीको समुन्द्रमा खिचिएको फोटोले अहिले यही दायरा पार गरेको चर्चा छ।

सार्वजनिक फोटोमा साम्राज्ञीलाई प्रेमीले आपत्तिजनक ठाउँमा अँगालेका छन् र मुखमुद्रा पूरै कामुक छ।

यी फोटा देवांशले आफ्नो इन्स्टा अकाउन्टबाट सार्वजनिक गरेका थिए। अघिल्लो वर्ष ‘कायरा’ रिलिजको समयमा पनि साम्राज्ञीको नितम्बको फोटो सार्वजनिक भएको थियो।

नितम्बमा ट्याटू खोपेको बहादुरी देखाउन खोज्दा फोटो भाइरल भएको थियो। यतिबेला पनि साम्राज्ञी अभिनीत दुई फिल्म ‘मारुनी’ र ‘रातो टीका निधारमा’ रिलिजको सँघारमा छन्।

‘मारुनी’ भदौमा तीजको छेकोमा रिलिज हुँदै छ भने ‘रातो टीका निधारमा’ दशैँमा। फेसबुक, इन्स्टामै सबै कुरा देखाइदिएपछि दर्शक फिल्ममा के हेर्न आउँछन्?

प्रतिक्रिया दिनुहोस
नयाँ टाटा पञ्च ईभी नेपालभर सार्वजनिक

    नेपालमा लामो समयदेखि बहुप्रतीक्षित मानिएको टाटाको नयाँ ‘पञ्च.ईभी’ काठमाडौँमा जारी ‘नाइमा...

शेरबहादुर देउवा पश्चिमको राजकुमार : शशांक

  नेपाली कांग्रेस राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले पार्टीका पूर्वसभापति...

सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर

    सुबिसु लिमिटेड नेपाल प्रिमियर लिग (एनपीएल)को टोली सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर...

कांग्रेस देउवा समूहको राष्ट्रिय भेला सुरु

     नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला सुरु भएको छ ।...