सिटिजन्स बैंकबाट साढे २ किलो सुन गायव, सुन हराएको तीन बर्षसम्म काण्ड किन कगुपचुप



हाम्रो इकोनोमि

सिटिजन्स बैंकबाट चार वर्षअघि गायव भएको साढे दुई किलो सुन अझै फेला पर्न सकेको छैन । बैंकको न्युरोड शाखाबाट २०७२ भदौ १५ गते २ करोड २८ लाख ३८ हजार ४ सय १ रुपैयाँबराबरको सुन हराएको थियो । त्यो सुन सर्वसाधारणले धितो राखेका थिए ।

यो घटनामा बैंक प्रशासन तीन वर्षसम्म मौन बसेको थियो । त्यही बीचमा माथिल्ला तहका कर्मचारीले तल्ला तहकालाई कारबाही गर्न थाले । त्यसपछि मात्र घटना प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा पुगेको खुलेको छ ।

सुन कसरी हरायो ? त्यसको जानकारी बैंकका सानादेखि ठूला कर्मचारी सबैलाई थियो । तापनि, बैंकले न सुनको खोजी गर्यो न त प्रहरीमा उजुरी दियो । बैंकभित्र तस्करी गर्ने समूहको प्रभावमा सुन गायव भएको थियो । बैंकले २०७५ भदौ १० गते मात्र सीआईबीमा उजुरी दर्ता गरेको थियो ।

बैंकका तत्कालीन कानुन शाखा प्रमुख केदार अधिकारीले उजुरी दर्ता गराएका थिए । सात किलो ४ सय ९७ ग्राम सुन हिनामिना भएको उजुरीमा उल्लेख छ । तर, सीआईबीले दुई किलो ४ सय २३ ग्राम सुन हराएको निष्कर्ष निकाल्दै अदालतमा बैंकिङ कसुरसम्बन्धी मुद्दा चलाएको थियो ।

सिटिजन्स बैंकले अझै सुन प्रकरणलाई ढाकछोप गर्न खोजिरहेको छ । ‘हाम्रो बैंकमा यस्तो कुनै काण्ड भएको छैन । अदालतमा पनि मुद्दा छैन’ सिटिजन्स बैंकका मार्केटिङ प्रमुख अमित शाहले भने । बैंककै प्रवक्ता उमंग शर्माले भने साढे २ किलो सुन हराएर पनि मुद्दा अदालतमा चलिरहेको बताइन् । ‘मुद्दा अदालतमा छ । सुन जाँचकी आफंैले प्रहरीमा आत्मसमर्पण गरेकी छिन् ।’

 

प्रतिक्रिया दिनुहोस
भरतपुरमा गुडिरहेको कारमा लाग्यो आगो, एक जनाको मृत्यु

     चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै एक कारमा आगलागी हुँदा एक...

एमालेको पुनर्गठन कार्यदल बैठकमा दुई प्रतिवेदन पेश हुृने

    शुक्रबार नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा दुई...

सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छ : अमरेशकुमार सिंह

    रास्वपाका सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले...

संसद् पुनर्स्थापना एमालेको एजेन्डा : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी केन्द्रीय समितिको बैठकले जेनजी आन्दोलनपछि...