सडक बल्यो, सदन तातियो, रगत बग्यो, एनजीओको खेती चल्यो तर दुर्गादेवीले न्याय पाइनन्



हाम्रो इकोनोमि

 

निर्मलाको बलात्कारपछि हत्यामा सडक बल्यो, सडक तातियो, प्रधामन्त्री बोले, एक युवकले ज्यान दिए, एसपीका छोराले रगत दिए, बम दिदीबहिनीलाई एनजिओले बेश्या बनाए तर पनि अँह न निर्मलाको आत्मले शान्ति पायो नत दुर्गादेवीले न्याय । पाइयो त केवल नगरपालिकाको पियन जागिर ।

 

एक बर्षअघि आजकै दिन साउन १० गते । कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भयो । हत्यापछि सडक बल्यो, संसदमा दर्जनौ सांसदले हत्याराको खोजि गर्न सरकारसँग माग गरे । निर्मलाकै हत्या प्रकरणमा गृहमन्त्रीदेखि प्रधानमन्त्रीसम्मले धेरै पटक जवाफ दिनु परयो ।

 

आमा दुर्गादेव पन्त अनशन बसिन्, प्रधानमन्त्रीलाई भेटिन् । डीएनएका लागि रगत पनि दिइन । अँह हत्यारा पत्ता लाग्न सकेन । दर्जनौ प्रहरी अधिकारीहरु पदबाट बर्खास्त भए, कतिपय मिडियाले अन्दाजमा हत्याराको क्लिू भन्दै सनसनी मच्चाए । बम दिदी बहिनीलाई बेश्यादेखि हत्याराभन्दै एनजिओ नामक अधिकारकर्मी प्रतिबेदन बनाए । तरपनि दुर्गादेवीले न्याय पाउन सकिनन् ।

 

निर्मला पन्तका बलात्कारी र हत्यारालाई पत्ता लगाउन गृहमन्त्रालयले चार अनुसन्धान समिति बनायो । तर परिणाम भने सून्य देखियो । कुनैपनि अनुसन्धान टोलीले हत्यारा पत्ता लगाउन सकेका छैनन् । नेपाल प्रहरी र केन्द्रीय अनुसन्धान ब्यूरोको टोली अहिले पनि घटनास्थल वरीपरी धुमिरहेको छ । उहाँहरु यहाँ देखिनुहुन्छ तर हत्यारा पत्ता लगाउनुहुन्न, खिन्न मुद्रामा निर्मलाकी आमा दुर्गादेवीले भनिन् प्रहरी र पत्रकारलाई जवाफ दिँदा दिँदै वाक्क भइसकेँ ।

 

निर्मला पन्तको हत्यामा गृहमन्त्रीका छोरादेखि तत्कालिन कञ्जनपुरका एसपी डिल्लीराज बिष्टका छोरासम्म शंकाका धेरामा तानिए । अनुसन्धानले नभई भीडबाट उनीहरुलाई शंकाको घेरामा तानेको थियो । एसपीका छोराले डीएनएका लागि रगत पनि दिए ।

 

एसपीका छोराले नमुना रगत दिए, निर्मलालाई न्याय माग्दै एक युवाले सडकमै रगत बगाए । सयौको संख्यामा रहेका छिमेकीले डीएनए परीक्षण गराए । निर्मलाका हत्यारा पत्ता लगाउन सरकार पूर्णरुपमा असफल नै भयो ।

 

निर्मलाको बलात्कारपछि नेपाली सेनाको क्याम्पदेखि भारतीय अपराधीसम्म शंकाको सुई घुम्यो । एनजिओले राम्रो खेति पनि गरे । तर पनि न निर्मलाको आत्मले शान्ति पायो नत दुर्गादेवीले न्याय । हत्या अब विस्तारै ओझेलमा पर्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस
गगन थापा रास्वपा महाधिवेशनमा जाने

    कांग्रेस सभापति गगन थापा रास्वपाको पहिलो महाधिवेशन उदघाटन सत्रमा सहभागी हुने...

वेबसाइट निर्माण प्रतियोगिता सिजन ८ को उपाधि अङ्किता भट्टराईलाई

    क्लिन्टन स्कुलकी अङ्किता भट्टराईले लाइफ कम्प्युटरद्वारा आयोजित ‘वेबसाइट निर्माण प्रतियोगिता –...

एमाले सुदूरपश्चिम पनि पार्टी पुनर्गठनको पक्षमा

    नेकपा एमालेको सुदूरपश्चिम प्रदेशस्तरीय सुझाव संकलन कार्यक्रममा अधिकांश नेता तथा कार्यकर्ताले...

सरकारविरुद्ध सडकमा जानुपर्ने हुनसक्छ : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारको क्रियाकलाप जनविरोध भएको...