शिल्पालाई बहुविवाह गराएको आरोपमा फिल्म निर्देशक विकास अनि सम्झना रौनियारविरुद्द मुद्दा, र जेल जाने पक्का



हाम्रो इकोनोमि

 

यिका शिल्पा पोख्रेल र निर्माता छबी ओझाको बहुबिबाह गराएको आरोपमा फिल्म निर्देशक सम्झना  राैनियार र फोटोपत्रकार विकास रौनियारविरुद्द मुद्दा परेको छ । विकास रौनियार शिल्पाले भाई टिका लगाएकी दाई  हुन् भने सम्झना विकासकी पत्नी  हुन् ।

छबीकी जेठी पत्नी हेमाले बहुविवाह मुद्धा गरेसँगै राैनियार दम्पत्तीविरुद्ध पनि मुद्धा परेको हो । हेमाको मुद्धा हेरिरहेको यूनाइटेड नेपाल लिगल सर्भिसेजले निर्देशक विकास र सम्झनासँगै काठमाडौं महानगरपालिका वडा नं. ८ का वडा अध्यक्ष समेतको विरुद्धमा उजुरी दिएको छ ।

उनीहरुमाथी बहुविवाह गराएको आरोप लगाइएको छ । छवी र शिल्पाको विवाहका साक्षी बसेका सम्झना र विकाससँगै बहुविवाह दर्ता गरेका वडा अध्यक्ष सहित विवाह दर्ता प्रक्रियामा सामेल भएका सम्पूर्ण कर्मचारी विरुद्ध उजुरी परेको हो । शिल्पालाई बैनी बनाएका रौनियार दम्पत्तीले विवाहमा कन्यादान दिएका थिए ।

उनीहरु दोषी ठहर भएमा बहुविवाहको मुद्धामा दोषी ठहर भएकाहरुलाई तोकिएको सजायको आधा सजाय उनीहरुले समेत भोग्नु पर्ने हुन्छ । बहुविवाहको मुद्धामा दोषीलाई १ देखि ५ वर्षसम्म जेल र १० देखि ५० हजारसम्मको जरिवाना हुने व्यवस्था छ । साक्षीहरुको हकमा माथि उल्लेखित सजायको आधा सजाय हुने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस
भरतपुरमा गुडिरहेको कारमा लाग्यो आगो, एक जनाको मृत्यु

     चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै एक कारमा आगलागी हुँदा एक...

एमालेको पुनर्गठन कार्यदल बैठकमा दुई प्रतिवेदन पेश हुृने

    शुक्रबार नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा दुई...

सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छ : अमरेशकुमार सिंह

    रास्वपाका सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले...

संसद् पुनर्स्थापना एमालेको एजेन्डा : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी केन्द्रीय समितिको बैठकले जेनजी आन्दोलनपछि...