नेपाली भुमिमा भारतले प्रहरी चौकी बनायो



हाम्रो इकोनोमि

 

रूपन्देही जिल्लास्थित दुई देशकाबीचमा रहने दशगजा क्षेत्र अतिक्रमण गरी भारतले प्रहरी चौकी निर्माण गरेको छ । नेपाल–भारत सीमा क्षेत्रको सीमा स्तम्भबाट नेपालतर्फ २१ फिट जग्गा रहेको छ । सीमा क्षेत्रको दशगजाको ३० फिट सीमामा संरचना निर्माण गर्न पाइँदैन । सो मान्यता विपरीत भारतले प्रहरी चौकी निर्माण गरेको हो ।

 

भारतले प्रहरी चौकी नै निर्माण गरेपछि जमिनको स्वामित्व सम्बन्धी विवाद सिर्जना भएको छ । नेपालको सडक विस्तारका क्रममा केही सरकारी कार्यालय भत्काउने क्रममा भारतले दशगजामा नै संरचना निर्माण गरेको पाइएको हो ।

 

सीमा मिचिएको बारेमा भैरहवावासीले सो क्षेत्रका प्रतिनिधि सभा सदस्य घनश्याम भुसाललाई जानकारी गराएपछि सांसद भुसालले बिहीबार दशगजा क्षेत्रको निरीक्षण गरेका छन् ।

 

दशगजा मिचिएको थाहा भएपछि स्थानीयको सक्रियतामा सांसद भुसालकै उपस्थितिमा जिल्लास्थित नापी कार्यालय, जिल्ला प्रशासन र सीमा सुरक्षा गणका प्रतिनिधिकाे रोहबरमा नेपालको छुटेको जमिनको नापजाँच गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...