प्रचण्डका घरबेटीले देशभरको सडक अलपत्र पारेपछि संसदीय समितिले लगाउँने भयो डण्डा



हाम्रो इकोनोमि

 

नेकपा अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डका घरबेटीले पाँच वर्षदेखि अलपत्र पारेको सडकमा संसदिय समितिले अनुगमन गर्ने भएको छ । प्रतिनिधी सभाको विकास तथा प्रविधि समितिले आइतबार प्रचण्डका घरबेटीले अलपत्र पारेको भक्तपुर–नगरकोट सडकको स्थलगत अनुगमन गर्न लागेको हो ।

 

भक्तपुरको कमलबिनायकस्थित भत्केपाटी–देखि नगरकोट जाने सडक विगत पाँच बर्षदेखि अलपत्र अवस्थामा छ । समिति सभापति कल्याणी खड्काको नेतृत्वमा एक दर्जन सांसद, भक्तपुरका सांसद महेश बस्नेत र प्रेम सुवाल, भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापति, चाँगुनारायण नगरपालिकाका मेयर सोम मिश्र, आयोजनाका इञ्जिनियर तथा पत्रकारहरुसहितको टोलीले आइतबार सडक अनुगमन गर्न लागेको हो ।

प्रचण्डका घरबेटी सारदा प्रसाद अधिकारीको सैलुङ कन्स्ट्रक्सनले १६ किलोमिटर लामो सडक दुई बर्षमा सम्पन्न हुने गरि २०७१ साउन २ गते भ्याटसहित २८ करोड लागतमा ठेक्का लिएको थियो । कम्पनीले ठेक्का पाएको पाँच बर्षे अवधीमा तीन पटक म्याद थप र १३ प्रतिशत भेरिएसन लिईसकेको छ । तर काम भने जम्मा ६० प्रतिशत मात्रै सम्पन्न गरेको छ । पछिल्लो एक बर्षदेखि सडक आयोजनाले म्याद थपिदिएको छैन भने कम्पनीले निर्माणको काममा पनि चासो देखाईरहेको छैन् ।

 

राजधानीको सबै भन्दा नजिक रहेको रमणीय प्राकृतिक पर्यटन गन्तव्य नगरकोट जाने सडक घाम लाग्दा धुलो र पानी पर्दा हिलोको चपेटामा पर्दै आएको छ । चाँगुनारायण नगरपालिकाका मेयर सोम मिश्रले नगरकोटको पर्यटन व्यवसाय र सो क्षेत्रका नागरिकको भविष्यमाथी निर्माण व्यवसायीले खेलबाड गरेको आरोप लगाए । सडकको अवस्था १६ किलोमिटर लामो सडक निर्माण सम्बन्धी सम्झौता २०७१ असार २ गते भएको थियो । २०७३ असार ३ गते सडक निर्माण गरेर हस्तान्तरण गर्नुपर्ने सडकमा ३ पटक म्याद थप गरिसकिएको छ ।

 

२०७३ साउन ३ गते सम्पन्न हुनपर्ने सडकको भूकम्पका कारण ढिलाई भएकाले २० कात्तिक ०७३ सम्मका लागि एक सय २५ दिन म्याद थपिएको थियो । दोस्रोपटक तीन सय ८० दिन र तेस्रोपटक दुई सय २१ दिन म्याद थप गरिसकिएको छ । पछिल्लो पटक २०७५ जेठमा पुनः एक बर्ष म्याद थप्नुपर्ने भन्दै निर्माण व्यवसायीले माग गरेका थिए तर आयोजनाले यथोचित कारण नभएको भन्दै प्रक्रिया अघि बढाएको छैन् । हालसम्म निर्माण व्यवसायी कम्पनीले १४ करोड रुपैंयाँ भुक्तानी लिईसकेको छ भने १३ प्रतिशत भेरियसन अर्डर समेत पास भैसकेको छ ।

प्रतिक्रिया दिनुहोस
लघुवित्त पीडितको माइतीघरमा आमरण अनशन

    लघुवित्त तथा वित्तीय संस्थाबाट पीडित एक समूहले आफ्ना माग कार्यान्वयनको दबाब...

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था

    ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा बैंक खाता खोल्न सकिने...

पहिरोले मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध

     मुग्लिन–नारायणगढ सडक खण्डको खहरे खोला नजिकै सुक्खा पहिरो जाँदा सवारी आवागमन...

इनड्राइभ ड्राइभिब नारी नेपाल प्रमाणपत्र प्रदान

    विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले महिलालाई ड्राइभिब पेसामा अघि बढ्न...