पक्राउ पर्ने डरले छविराज ओझा फरार, के गर्दैछिन् शिल्पा ?



हाम्रो इकोनोमि

 

चर्चित नायिका अभिनेत्री शिल्पा पोखरेल र निर्माता छविराज ओझालाई जिल्ला अदालत काठमाडौंले बुधबार पक्राउ गर्न प्रहरीलाई आदेश दियो । जिल्ला अदालत काठमाडौंले अभिनेत्री शिल्पा पोखरेल र निर्माता छविराज ओझालाई पक्राउ गर्न पक्राउ पूर्जी जारी गरेपनि शिल्पा र छवी भने आ आफ्नो नियमित काममा ब्यस्त नै छन् । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले अहिलेसम्म नभेटिएको र खोजीकार्य जारी रहेको बताइरहेका बेला नायिका शिल्पा पोखरेल भने भोजपुरी चलचित्रको शुटिङमा व्यस्त छिन्।

 

केही दिन अघि भोजपुरी चलचित्र ‘जय शम्भु’को सुटिङ सेटबाट उनका केही तस्वीर बाहिरिएका थिए। तर छवि ओझा कहाँ छन् भन्ने कुराको टुंगो लाग्न सकेको छैन । छविलाई हामीले टेलिफोन सम्पर्क गर्दा उनी सम्पर्कमा आएनन्। ४ दिनअघि छविकी जेठी पत्नी हेमाले महानगरीय प्रहरी वृत्त गौशालामा छवि र शिल्पाविरुद्ध बहुविवाहको उजुरी दिएकी थिइन्।

छविले पहिली पत्नी हेमासँग सम्बन्धविच्छेद गरेका छैनन्। यदि छविले हेमाँग सम्बन्धविच्छेद नगरी शिल्पासँग विवाह गरेको प्रमाणित भएमा छवि र शिल्पाको विवाह बदर हुनुका साथै यी दुवैले जेल सजायसमेत भोग्ने दिन आउने भनेर कानुनविदहरुले बताइरहँदा यो जोडी अहिले धर्म संकटमा परेको छ ।

 

निर्माता छवीले ४ जना श्रीमती जोडेको आरोप प्रत्यारोपकाबिच ओझाकी जेठी पत्नी हेमाले बवुविवाहको उजूरी दिएपछि अभिनेत्री शिल्पा भने तनावमा आएको स्रोतको भनाई छ । निर्माता ओझाकी जेठी पत्नी हेमाले छवि र शिल्पालाई विपक्षी बनाई महानगरीय प्रहरी वृत्त गौशालामा बहुबिबाहको उजुरी दिएपछि सोहि उजूरीको आधारमा महिला सेल, कालिमाटीले अनुसन्धान थालेको र दुवैको खोजि कार्य अघि बढाइएको काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीले जानकारी दिए ।

 

हेमाले छवीको कार्यालयबाट नै उनीहरुको विबाहको दर्ताको कागजात फेला पारेपछि आँफुले कानुनी प्रक्रिया सुरु गरेको उनका ओकीलले बताउँदै आएका छन् । हेमाले आफूले पहिलेदेखि छवी र शिल्पा बिचको सम्बन्धका बारेमा सुनेपनि कतै दर्ता गरिएको प्रमाण फेला पार्न नसकेको र पछि उनीहरु दुईबीचको डिभोर्सको कुरा आएपछि प्रमाण भेटि उजूरी दर्ता गराएको पत्र अहिले सामाजिक संजालमा भाइरल बनिरहेको छ ।

केही दिन पहिले शिल्पाले आफुलाई पति छबी ओझाले कानको जाली फुट्ने गरी कुटेको भन्दै मिडियामा आएपछि यो घटनाले सार्वजनिक रुप धारण गर्यो । शिल्पाले महानगरिय प्रहरी परिसर टेकुमा गएर सुरक्षाको ग्यारेन्टी गराईपाउँ भन्दै निवेदन मात्रै दिइनन् छविसँग डिर्भोसको प्रक्रिया समेत अगाडी बढाएको खबरले समेत चर्चा पायो ।

 

उक्त घटनाले चचाको शिखर चुमीरहेका बेला फेरी फिल्मी शैलीमा नै छविकी जेठी श्रीमती हेमाको इन्ट्री हुन्छ । हेमाले छवी र शिल्पाको विबाह दर्ताको कागजात फेला पारे लगत्तै आँफु कानुनी हिसाबले दह्रो भएको र प्रमाण सहित प्रहरी र अदालत जाने सक्ने अवस्था आएको उल्लेख गरेकी छिन् ।

 

हेमालाई कानुनी सल्लाह दिँदै आएका उनका कानुनी सल्लाहाकारहरुले छविले हेमा र उनका दुई सन्तानको बेवास्ता गरेका कारण आजको यो अवस्था बल्झिएको र बहुविबाह लगायत, सामाजिक बृकितीमा संलग्न उनलाई कारवाहीको माग हुनु जायज भएको बताउँदै आएका छन् ।

जेठी पत्नि हेमा ओझाले उजुरी दिनुपूर्व शिल्पाले घर छाडेर गएपछि शिल्पालाई दुई सातापछि स्टाटस लेख्दै अन्य अदालतमा नगई न्यायका लागी छविको अदालतमा हाजिर हुन आग्रह गरेपनि शिल्पाले लिएको डिर्भोसको कदमले अहिले छवि र शिल्पा दुवै अप्ठ्यारोमा परेका छन् । बुधबार अदालतले पक्राउ पुर्जी जारी गरेको भएता पनि बिहिबार अपराहन्नसम्म छवी रशिल्पालाई प्रहरीले पक्राउ नगरेको र उनीहरुको खोजीकार्य भने भइरहेको प्रवक्ता बोगटीले जानकारी दिए । ओएसनेपालबाट

प्रतिक्रिया दिनुहोस
भरतपुरमा गुडिरहेको कारमा लाग्यो आगो, एक जनाको मृत्यु

     चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै एक कारमा आगलागी हुँदा एक...

एमालेको पुनर्गठन कार्यदल बैठकमा दुई प्रतिवेदन पेश हुृने

    शुक्रबार नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा दुई...

सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छ : अमरेशकुमार सिंह

    रास्वपाका सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले...

संसद् पुनर्स्थापना एमालेको एजेन्डा : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी केन्द्रीय समितिको बैठकले जेनजी आन्दोलनपछि...