निर्मला पन्त प्रकरण यस्तो रहेछ गोप्य कुरा, सबै भए चकित, देशभरि हलचल



हाम्रो इकोनोमि

 

कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको अनुसन्धानमा लापरवाही गरेको भन्दै निलम्बनमा परेका डिएसपी अंगुरबाबा जिसीले निर्मला पन्तको अनुसन्धानको रिपोर्टलाई बंग्याएको भन्दै असन्तुष्टि जनाएका छन् ।

 

अपराध अनुसन्धानमा राम्रो छवि बनाएका डिएसपी जिसीले निर्मला पन्त बलात्कार र हत्या घटनामा छानविन गरेर रिपोर्ट बुझाएका थिए । उनको रिपोर्ट र अनुसन्धानलाई विभिन्न आक्षेपहरू लगाइएको थियो । जोशी अपराधका घटनामा अनुसन्धानका लागि काविल र सक्षम प्रहरी अधिकृत मानिन्छन् ।

 

डिएसपी जिसीले दिलिप सिंह विष्टलाई निर्मला पन्तको बलात्कार र हत्याको अभियोगमा पक्राउ गर्नुका साथै बयान लिएका थिए । जिसीका अनुसार विष्टले नै निर्मला पन्तको बलात्कारपछि हत्या गरेको बयान र अनुसन्धानका क्रममा प्रराम्भीक रुपमा दोषी पाइएको बताएका छन् ।

 

बिहीबार राति प्रशारित ‘सिधा कुरा जनतासँग’ नामक टेलिभिजन कार्यक्रममा अन्तर्वार्ताका क्रममा निलम्बित डिएसपी जिसीले निर्मला पन्तका दोषीहरूलाई पक्राउ गर्ने विषयमा आफूले कुनै पनि कसर बाँकी नराखेको बताएका छन् । ‘निलम्बन गरेर मलाई अन्याय भएको छ’, उनले भनेका छन्, ‘मैले न्याय पाउँछु भन्नेमा ढुक्क छु ।’

 

अन्तर्वार्ताका क्रममा जिसीले भनेका छन्, ‘दिलिप सिंह विष्टसँगको बयान र उनको क्रियाकलापले निर्मला पन्तको बलात्कारपछि हत्याको आशंक त्यता देखाउँछ । मैले पिटेर, बन्दुक देखाएर वा दवाव दिएर विष्टलाई बलात्कार र हत्या स्वीकार गर्न लगाएको होइन । अनुसन्धानका केही प्रक्रिया हुन्छन् । त्यही प्रविधि अपनाएको हुँ । विष्टले सरकारी वकील समक्ष पनि आफ्नो बयान दिएका थिए ।’

 

जिसीले आफूले अनुसन्धानपछि तयार पारेको रिपोर्ट नै सहि रहेको दाबी गरेका छन् । ‘मेरै नेतृत्वमा भएको छानविन र रिपोर्टलाई अगाडि बढाउँनुपर्छ । तर, अरु प्रतिवेदनले मलाई नै दोषी देखाएपछि त्यो मेरो रिपोर्ट स्वीकार गर्न समस्या भएको छ’, उनले भने, ‘अनुसन्धानमा अपनाइने सबै प्रक्रिया र प्रविधि लागू गरिएको छ ।’ निर्मला पन्तकी आमा दुर्गादेवी पन्तले पनि पछिल्लो समय विष्टलाई आशंक गरेकी छिन् ।

 

निर्मला पन्त र उनकी आमा दुर्गादेवी पन्तको डिएनए परीक्षण गलत रुपमा गरिएको जिसीले बताएका छन् । ‘निर्मला पन्त र उनकी आमाको डिएनए बंश पत्ता लगाउनका लागि गरिएको थियो’, उनले भने, ‘त्यो डिएनएको परीक्षण नै गलत रुपमा भएको थियो ।’

 

अन्तर्वार्ताका क्रममा निलम्बित डिएसपी जिसीले आँखाबाट आँशु झारेका थिए । ‘निर्मला पन्तकी आमाको पीडा देख्दा मेरो मन पनि दुःख छ’, उनले भनेका छन्, ‘मेरो लागि डिएसपी पदले ठूलो महत्व राख्छ । न्याय पाउँछु कि भनेर एक वर्षसम्म चुप लागेर बसेँ । बाध्य भएर मिडियामा आएको छु ।’

 

निर्मला पन्तको बलात्कारपछि हत्या भएको साउन १० गते एक वर्ष पूरा भएको छ । दोषी पक्राउ परेको छैन । निर्मला पन्त प्रकरणले राजनीतिक रुप लिनुका साथै एनजिओ र आइएनजिओहरूले कमाइखाने भाँडो समेत बनाएका छन् । निर्मला पन्त हत्या प्रकरणलाई यतिसम्म प्रभावित बनाइयो कि प्रहरी प्रशासन भिडको दवावमा परेको छ ।

प्रतिक्रिया दिनुहोस
आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...

तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो

     मध्यपूर्व (खाडी क्षेत्र) मा थप तीन मालवाहक पानीजहाजमाथि आक्रमण भएपछि बिहीबार...

सच्याउन नसके कम्युनिष्ट आन्दोलन समाप्त हुन्छ : गोकुल बास्कोटा

    नेकपा (एमाले)का नेता गोकुल प्रसाद बास्कोटाले नेपालका कम्युनिष्टहरु अब सच्चिएर अघि...

जनताको फैसला सम्मानसाथ स्वीकार्छु : ओली

    एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन परिणाम अपेक्षा गरेजस्तो नआए पनि...