प्रधानमन्त्री र रअका प्रमुखबीच भेटवार्ता भएको छैन : प्रवक्ता



हाम्रो इकोनोमि

 

सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले रअका प्रमुखले प्रधानमन्त्रीलाई भेटेको आफूलाई जानकारी नभएको बताएका छन् । मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्न आयोजित नियमित पत्रकार सम्मेलनमा बास्कोटालाई रअका प्रमुखले नेपाल भ्रमणका क्रममा प्रधानमन्त्रीलाई भेटेको हो भनेर सोधिएको थियो ।

 

जवाफमा बास्कोटोले भने, ‘यदि आएको हो र भेटेको हो भने कूटनीतिक प्रोटेकलकै आधारमा भेटघाट भएको हुनुपर्छ । त्यसैले प्रधानमन्त्रीले भेट्नु भएको छैन । हल्ला फैलाउने काम नगरौं ।’

 

ककसले भेटेको थाहा नभएको तर भेट्नै हुँदैनथ्यो भन्ने पनि नभएको उनले बताए । मन्त्री बास्कोटोले भने, म दाबाका साथ भन्छु प्रधानमन्त्रीले भेटघाट भए जस्तो, भेटेकै जस्तो लाग्दैन ।’

 

उनले अघि भने, रअको प्रमुखलाई भेटेर कोही रअ पक्षधर त हुने होइन होला नि । यस्तो लघुताभाषी मान्यता पनि नराखौं ।’ मन्त्री बास्कोटाले भेटेको हो भन्ने पुष्टि गर्नुछ भने तथ्य प्रमाणसहित आउन आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...