प्रधानमन्त्री र रअका प्रमुखबीच भेटवार्ता भएको छैन : प्रवक्ता



हाम्रो इकोनोमि

 

सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले रअका प्रमुखले प्रधानमन्त्रीलाई भेटेको आफूलाई जानकारी नभएको बताएका छन् । मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्न आयोजित नियमित पत्रकार सम्मेलनमा बास्कोटालाई रअका प्रमुखले नेपाल भ्रमणका क्रममा प्रधानमन्त्रीलाई भेटेको हो भनेर सोधिएको थियो ।

 

जवाफमा बास्कोटोले भने, ‘यदि आएको हो र भेटेको हो भने कूटनीतिक प्रोटेकलकै आधारमा भेटघाट भएको हुनुपर्छ । त्यसैले प्रधानमन्त्रीले भेट्नु भएको छैन । हल्ला फैलाउने काम नगरौं ।’

 

ककसले भेटेको थाहा नभएको तर भेट्नै हुँदैनथ्यो भन्ने पनि नभएको उनले बताए । मन्त्री बास्कोटोले भने, म दाबाका साथ भन्छु प्रधानमन्त्रीले भेटघाट भए जस्तो, भेटेकै जस्तो लाग्दैन ।’

 

उनले अघि भने, रअको प्रमुखलाई भेटेर कोही रअ पक्षधर त हुने होइन होला नि । यस्तो लघुताभाषी मान्यता पनि नराखौं ।’ मन्त्री बास्कोटाले भेटेको हो भन्ने पुष्टि गर्नुछ भने तथ्य प्रमाणसहित आउन आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस
आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...

तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो

     मध्यपूर्व (खाडी क्षेत्र) मा थप तीन मालवाहक पानीजहाजमाथि आक्रमण भएपछि बिहीबार...

सच्याउन नसके कम्युनिष्ट आन्दोलन समाप्त हुन्छ : गोकुल बास्कोटा

    नेकपा (एमाले)का नेता गोकुल प्रसाद बास्कोटाले नेपालका कम्युनिष्टहरु अब सच्चिएर अघि...

जनताको फैसला सम्मानसाथ स्वीकार्छु : ओली

    एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन परिणाम अपेक्षा गरेजस्तो नआए पनि...