ओलीले ब्रिटेनका प्रधानमन्त्री भनेर अर्कैलाई दिए बधाई



हाम्रो इकोनोमि

 

ब्रिटेनमा बुधबार नयाँ प्रधानमन्त्रीको रुपमा बोरिस जोनसन चयन भए। उनले हिजै बकिङघम दरबारमा एलिजावेथ द्वितीयसँग भेटवार्ता गरे। ब्रिटेनलाई अगामी अक्टोबर ३१ भित्र युरोपेली संघ (इयु)बाट बाहिर निकाल्ने योजनासहित उनी प्रधानमन्त्री बनेका हुन्।

 

बिहीबारसम्म उनले नयाँ मन्त्रिपमण्डल गठन गरिसकेका छन्। ब्रिटेनमा नयाँ प्रधानमन्त्रीको रूपमा बोरिस जोनसन चयन भएको अवसरमा हाम्रा प्रधानमन्त्री केपी शर्मा ओलीले सधैँजस्तै यस पटक ट्विटरबाट बधाई ज्ञापन गरेका छन्।

 

डिजिटल कुटनीतिको पछिल्लो कडीको रुपमा नेताहरुले ट्विटरबाट बधाई आदान–प्रदान गर्ने चलन विश्वभरि नै स्थापित छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पदेखि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसम्मले ट्विटरलाई कुटनीतिक सम्बन्ध विस्तार तथा आफ्नो नीति प्रवर्द्धनका लागि प्रयोग गर्ने गरेका छन्।

 

प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष घटना एवं अवसरहरुमा यो प्रचलन उपयोग गर्दै आएका छन्। यो पटक उनले बधाई ज्ञापन गर्दा ट्विटर ह्यान्डल समेत मेन्सन गरे। तर उनले ब्रिटेनका नवनियुक्त प्रधानमन्त्री भनेर जसलाई बधाई दिए ती ब्रिटेनका प्रधानमन्त्री होइनन्।

 

प्रधानमन्त्री ओलीले @borisjonson लाई बधाई ज्ञापन गरेका छन्। यो ह्यान्डलका जम्मा ९ जना फलोअर छन्। फ्रोफायल फोटो छैन। बायो खाली छ। परिचयमा केही उल्लेख छैन। यो ह्यान्डलका ९ फलोअर मध्ये ओलीले मेन्सन गरेपछि ५ जना थपिएका हुन्। ती ५ वटै नेपाली ह्यान्डलहरु हुन्। हेर्नुहोस् प्रधानमन्त्रीले गरेको ट्विटको स्क्रिन सट:

pm tweet

 

प्रधानमन्त्री ओलीले बधाइ दिनुपर्ने ब्रिटेनका नव नियुक्त प्रधानमन्त्री बोरिस जोनसनको ह्यान्डल @BorisJohnson हो। यसमा स्पष्ट संयुक्त अधिराज्यको प्रधानमन्त्री भनेरै उल्लेख छ। कन्जरभेटिभ नेता तथा सांसद भनेर खुलाइएको छ। यो ह्यान्डललाई करिब ७ लाख ५० हजारले फलो गरेका छन्। परिचय र तस्विरसहितको ह्यान्डल ट्विटरले भेरिफाइड समेत गरेको छ। हेर्नुहोस् स्क्रिन सट:

borish johnson

ओलीले आफ्नो निजी ह्यान्डलबाट यो बधाई ज्ञापन गरेका हुन्। विगतमा प्रधानमन्त्री कार्यालयको ह्यान्डल सिर्जना गरेको थियो। उनले आक्कल झुक्कल मात्र त्यो ह्यान्डल प्रयोग गर्ने गरेका छन्। सरकार प्रमुखको काम कारवाहीका लागि उनले आफ्नो निजी ह्यान्डल उपयोग गर्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस
लघुवित्त पीडितको माइतीघरमा आमरण अनशन

    लघुवित्त तथा वित्तीय संस्थाबाट पीडित एक समूहले आफ्ना माग कार्यान्वयनको दबाब...

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था

    ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा बैंक खाता खोल्न सकिने...

पहिरोले मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध

     मुग्लिन–नारायणगढ सडक खण्डको खहरे खोला नजिकै सुक्खा पहिरो जाँदा सवारी आवागमन...

इनड्राइभ ड्राइभिब नारी नेपाल प्रमाणपत्र प्रदान

    विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले महिलालाई ड्राइभिब पेसामा अघि बढ्न...