भारतीय मुलकी प्रीति पटेल बनिन् बेलायतको गृहमन्त्री, जोनसोनको मन्त्रिमण्डलमा ३ भारतीय अनुहार



हाम्रो इकोनोमि

 

बोरिस जोनसनको मन्त्रिमण्डलमा तीन जना भातरीय मुलका बेलायतीले पनि ठाउँमा पाएका छन् । भारतीय मुलकी प्रीति पटेल बोरिस जोनसोन नेतृत्वको मन्त्रिमण्डलमा गृहमन्त्री बनेकी छिन् । भारतीय मुलका ऋषि सुनाक टेजरी मन्त्री बनेका छन् भने आलोक शर्माले बेलायतको अन्तराष्ट्रिय विकास मामिला हेर्ने विदेश मन्त्रीको जिम्मेवारी पाएका छन् ।

 

४७ वर्षीया प्रीति पटेल बे्रग्जिट मुद्दामा पहल गर्ने चर्चित महिला नेतृ मानिन्छिन् । उनि गुजराती मुलकी हुन् । उनले ब्रेग्जिटको मुद्दामा थेरेसा मेले लिएको नीतिबारे चर्को आलोचना गर्छिन् ।

 

यसअघि बेलायतको गृहमन्त्री पाकिस्तानी मुलका साजिद जाविद बनेका थिए । उनलाई अहिले गठन गरिएको मन्त्रीमण्डलमा अर्थ मन्त्रीको जिम्मा दिइएको छ । जोनसोनले मन्त्रिमण्डल गठन गर्दै ब्रेग्जिट मुद्दामा साथ दिएका राजनीतिक सहकर्मीलाई अगाडि ल्याएका छन् ।

 

बेलायतको क्याबिनेटमा ६० वर्षकै सबैभन्दा ठुलो बदलाव
जोनसनले बेलायतको क्याबिनेटमा ६० वर्षकै सबैभन्दा ठुलो बदलाव ल्याएका छन् । उनले ब्रेग्जिट मामिलामा साथ दिनेलाई अगाडि ल्याएका छन् । ११ मन्त्रिलाई उनले बर्खास्त गरेका छन् । ४ मन्त्रिलाई राजीनामा दिन बाध्य पारिएकाे छ भने २ जबरनलाई अवकाश दिइएकाे छ । यस पटकको मन्त्रिमण्डल ३१ सदस्यीय बनाइएको छ । थेरेसा मेको समयमा मन्त्रि संख्या जम्मा २९ थियो ।

थेरेसाले प्रीति पटेललाई कैबिनेटबाट हटाएकी थिइन्
नोभेम्बर २०१७ मा थेरेसाले प्रीति पटेललाई मन्त्रि पदबाट हटाएकी थिइन् । पटेल सो समय बेलायतको मन्त्रिमण्डलभित्र अन्तराष्ट्रिय विकास मामिला हेर्ने मन्त्रि थिइन् । थेरेसाले मन्त्री पदबाट हटाउँदै गर्दा पटेलमाथि इजराइलका अधिकारीहरुलाई बेलायतको आन्तरिक सूचना चुहाएको आरोप लगाएकी थिइन् । त्यस समय बोरिस जोनसोनले क्याबिनेटमा फिर्ता ल्याउन थेरेसालाई अपिल गरेका थिए ।

 

९ वर्ष पहिले सांसद बनेकी थिइन् प्रीति
प्रीति पटेल सन् २०१०मा पहिलो पटक कन्जरभेटिवको तर्फबाट सांसद बनेकी थिइन् । डेबिड कैमरन नेतृत्वको सरकारले उनलाई भारतीय समुदाय सम्बन्धी जिम्मेवारी दिएका थिए । सन् २०१४ मा उनलाई ट्रेजरी मिनिस्टर (राज्य मन्त्री) र २०१५ मा रोजगार मन्त्री बनाइएको थियो । सन् २०१६ मा उनी थेरेसा मेको मन्त्रिमण्डलमा अन्तराष्ट्रिय विकास मामिला हेर्ने विदेश मन्त्री बनेकी थिइन् ।

 

को हुन् ऋषि सुनाक र आलोक शर्मा ?
३८ वर्षका ऋषि सुनाक भारतीय मुलका भए पनि उनको जन्म भने बेलायतमै भएको थियो । उनले अक्सफोर्ड युनिभर्सिटी र स्टैनफोर्ड युनिभर्सिटीबाट अध्ययन पुरा गरेका थिए । उनले २०१५ मा कंजरवेटिव पार्टीबाट टिकट लिएर चुनाव जितेका थिए । ब्रेग्जिट मुद्दामा समर्थक हुनुको कारणले उनि थेरेसा मेको क्याबिनेटमा पनि सामेल भएका थिए ।

 

आलोक शर्मालाई अहिले अन्तराष्ट्रिय विकास मामिला हेर्ने राज्य मन्त्री बनाइएको छ । उनले यसअघि रोजगार मन्त्री र हाउसिंग कम्युनिटीज मन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् । सन् २०१० मा पहिलोपटक सांसद बनेका शर्मा बैंकिङ्ग क्षेत्रका व्यक्ति हुन् ।

प्रतिक्रिया दिनुहोस
अब स्थानीय तहबाटै नापी र मालपोतको सेवा

    स्थानीय तहबाटै नापी तथा मालपोत सेवा दिन २०७ वटा पालिका इच्छुक...

किष्ट हस्पिटल नेपालकै उच्च सफल कलेजो प्रत्यारोपण दरको कीर्तिमान कायम

    किष्ट टिचिङ हस्पिटलले ग्यास्ट्रो विभागको नेतृत्वमा अंग प्रत्यारोपण सेवामा ऐतिहासिक सफलता...

सरकारले लोकतन्त्रको खिलाफमा कदम चाल्यो : प्रचण्ड

   नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाइसकेको संसद् रोकेर अध्यादेश...

आयातित वस्तुको एमआरपीमा सरकार लचक

    आयातित मालवस्तुमा अनिवार्य रूपमा अधिकतम खुद्रा मूल्य (एमआरपी) उल्लेख गर्नुपर्ने व्यवस्थाले...