अण्डा खान जान्नुभयो भने सुगर, कलेजोको रोग लाग्न नदिने मात्र हैन थप यस्ता ७ फाइदा हुनेछन् -सेयर गरौ



 

अन्डा अर्थात कुखुरा लगायत पन्छीको फूल प्रोटिनको उच्च स्रोत हो । अन्डा खानमा स्वादिष्ट मात्र होइन पोषणका दृष्टिले पनि उपयोगी हुन्छ । विभिन्न प्रकारका रोग लागेका बेला अन्डाले बिरामीलाई फाइदा पुर्‍याउँछ । अन्डाका यिनै गुणहरुका कारण पोषणविदहरु अन्डा खान रुचाउँछन् । अन्डाको सेतो र पहेँलो दुवै भाग पोषणका दृष्टिले मह्त्वपूर्ण मानिन्छ ।

 

अन्डाको सेतो भागमा विभिन्न खनिज पदार्थसँगै भिटामिन बी, डी पर्याप्त मात्रामा पाइन्छ । अन्डाको पहेँलो भागमा चिल्लो पदार्थ मात्र नभएर लेसिथिन, कोलिन र भिटामिन ए, डी, ई, के जस्ता शरीरको वृद्धी र विकासका लागि आवश्यक तत्व पाइन्छन् । अन्डालाई बिहान वा दिउँसोको खाजाका रूपमा प्रयोग गर्न सकिन्छ । अन्डा बिरामीका लागि जति उपयोगी हुन्छ स्वस्थ मानिसका लागि पनि उत्ति नै लाभदायक हुन्छ । अन्डाले कस्ता(कस्ता रोगमा के फाइदा गर्छ भन्ने कुरा जान्नु आवश्यक हुन्छ । जसले गर्दा तपाईंलाई अन्डाका अझै धेरै गुण थाहा पाउन सहज हुनेछ ।

 

चिनिरोग (मधुमेह) : अन्डामा कार्बोहाइड्रेट नहुने र सजिलै पच्ने खालको प्रोटिन प्रसस्त मात्रामा हुने भएकाले चिनीरोगीको सुगर नियन्त्रण गर्न एकदमै सहयोगी हुन्छ । प्रोटिनले इन्सुलिन हर्मोनलाई कम गर्न सहयोग गर्ने भएकाले दिनमा एउटा अन्डा खानु चिनिरोगीका लागि राम्रो मानिन्छ । धेरै मानिसलाई अन्डाको पहेँलो भाग खाने कि नखाने भन्ने कुराले अन्यौलमा पारेको हुन्छ । तर, साधारणतया अन्डाको पहेँलो भागले कोलेस्टेरोल नबडाउने विभिन्न अनुसन्धानले देखाएको छ ।

 

कलेजो रोग : अन्डा कलेजोरोगीका लागि एकदमै प्रभावकारी मानिन्छ । अन्डामा हुने प्रोटिनले कलेजोको मृतकोशिकालाई पुनर्निर्माण गर्ने काम गर्छ । त्यसैगरी, अन्डामा पाइने कोलिन नामक यौगिकले नराम्रो चिल्लो पदार्थलाई कलेजोबाट हटाउन मद्दत गर्छ ।

 

शल्यक्रिया अघि र पछि : कुनै पनि शल्यक्रिया गर्नुभन्दा अघि बिरामीको शरीरमा आवश्यक मात्रामा प्रोटिन हुन जरुरी छ । प्रोटिन नपुगेर कुपोषित अवस्थामा शल्यक्रिया गरेमा धेरै समस्या आउन सक्छ । शल्यक्रिया सफल भए पनि पोषण नपुगेको अवस्थामा बिरामीको ज्यानै जान सक्छ । त्यसैले शल्यक्रिया गरेपछि पनि प्रसस्त मात्रामा प्रोटिनयुक्त खाना खाएर स्वस्थ हुनु जरुरी छ । तसर्थ शल्यक्रिया गर्न लगेका र शल्यक्रिया गरिसकेका बिरामीले प्रोटिनको आवश्यकता पूरा गर्न एउटा सन्तुलित भोजनसँगै दिनमा चारदेखि पाँच अन्डा खानु उपयुक्त हुन्छ ।

 

अन्डा खानुका अन्य फाइदा :

गर्भवती अवस्थामा अन्डा खाँदा बच्चाको शारीरिक विकाशका साथै मानसिक विकाशमा सहयोग पुग्छ । अन्डामा पाइने फोलिक एसिड र कोलिनले बच्चाको मस्तिष्क विकासमा मद्दत गर्छ । अन्डामा पाइने लिउटिन र जियाज्यानथिन भन्ने तत्वले उमेर बढ्दै जाँदा गुम्ने आँखाको शक्तिलाई बचाउन सहायता गर्छ ।

 

अन्डाको उचित मात्रामा सेवान गर्नाले मोटोपनालाई कम गर्न सकिन्छ । किनकि, मोटोपना धेरै रोगको कारण हो । अन्डामा पाइने भिटामिन तथा खनिज तत्वहरुले हाम्रो छालालाई कसिलो तथा चम्किलो बनाउने काम गर्छ । अन्डाले रोग प्रतिरोधात्मक क्षमता पनि वृद्धि गर्छ । अन्डामा पाइने भिटामिन डी तथा फस्फोरसले हड्डी र दाँतलाई मज्बुत बनाउन मद्दत गर्छ ।

 

मासुबाट भन्दा तेब्बर प्रोटिन दिने यी खानेकुराबारे जान्नुहोस्

 

अमेरिकाको लोमा लिन्डा युनिभर्सिटी तथा फ्रान्सको नेसनल दा ला रिसर्च अग्रोनोमिकका शोधकर्ताहरूले ८१ हजार जनामाथि एक अनुसन्धान गरे । उक्त अनसन्धानले देखाए अनुसार मासुबाट भन्दा ड्राइ फ्रुट्स तथा बीउबिजनबाट प्राप्त हुने प्रोटिन मुटुका लागि स्वस्थकर हुन्छ । मासुबाट प्राप्त हुने प्रोटिनले मुटुरोगको खतरा बढाउँछ ।

 

जसले मासुजन्य प्रोटिन बढी उपभोग गर्छन् उनीहरूलाई मुटुरोगको खतरा ६० प्रतिशतसम्म बढेको पाइयो जब कि ड्राइ फ्रुट्सजन्य प्रोटिन बढी सेवन गर्नेहरूमा यो समस्या ४० प्रतिशतभन्दा कम देखियो । आखिर ड्राइ फ्रुट्सबाट मुटुलाई स्वस्थ राख्ने केकस्ता तत्व पाइन्छन् त रु हेरौंः

देशी बदाम
यसमा पर्याप्त मात्रामा प्रोटिन तथा फाइबर पाइनुका साथै क्याल्सियम, एन्टीअक्सिडेन्ट तथा भिटामिन ई समेत पाइन्छ । यसको सेवनले दाँत एवं हड्डी बलियो हुन्छ । फाइबर हुने भएकाले यो बदाम मुटुका लागि समेत राम्रो मानिन्छ ।

काजु
काजुलाई ड्राइ फ्रुट्सको राजा मानिन्छ । आधा मुठी काजुमा ३७४ ग्राम क्यालोरी, ३१ ग्राम चिल्लो, १६ ग्राम कार्बोहाइड्रेट, १० ग्राम प्रोटिनका साथै पर्याप्त मात्रामा भिटामिन के तथा भिटामिन बी ६ पाइन्छ । यसबाट क्याल्सियम, आइरन, फोलेट तथा जिंक पनि पर्याप्त पाइन्छ ।

 

पेस्ता
पेस्ता स्वास्थ्यका लागि अति उत्तम खाद्यवस्तु मानिन्छ । यसमा प्रोटिनका साथै म्याग्नेसियम, कपर, फोस्फोरस, भिटामिन बी तथा अत्यधिक फाइबर हुन्छ । यसको सेवनले कोलेस्ट्रोल तथा हार्ट अट्याकबाट बचाउँछ ।

 

बदाम
१०० ग्राम बदामबाट १ लिटर दूधमा पाइने बराबरकै प्रोटिन पाइन्छ । यसमा प्रोटिनको मात्रा २५ प्रतिशतभन्दा बढी हुन्छ । बदामले पाचन शक्ति बढाउन समेत मद्दत गर्छ ।

 

ओखर
ओखरमा प्रशस्त मात्रामा प्रोटिन, जिंक, भिटामिन ई, भिटामिन ए, फोलेट तथा फोस्फोरस हुन्छ । यसले रगतको कोलेस्ट्रोल कम गरेर मुटुरोग हुनबाट जोगाउँछ । यसमा विद्यमान जिंकले इन्फेक्सन तथा भिटामिन ईले क्यान्सरबाट बचाउँछ । यसले मस्तिष्कको क्षमता बढाउन समेत मद्दत गर्छ भने यसको नियमित सेवनका कारण मानिस गोरो हुँदै जान्छ ।

 

किसमिस
दाख वा किसमिसको सेवनले रक्त निर्माणमा वृद्धि हुन्छ । यसको नियमित सेवनले वायु, पित्त तथा कफसम्बन्धी तीनै दोषको निवारण गर्छ । यो मुटुका लागि पनि लाभदायक छ । यसमा पर्याप्त मात्रामा आइरन पाइन्छ । एक कप किसमिसमा ५ देखि ६ ग्रामसम्म प्रोटिन हुन्छ ।

 

अन्जीर
अन्जिरमा प्रोटिनका साथै पर्याप्त मात्रामा क्याल्सियम एवं भिटामिन ए र बी पाइन्छ । यसको सेवनले कब्जियत, एनिमिया, दम, सर्दी, कम्मरको तथा टाउकाको दुखाइ, थाइराइड तथा पाइल्सजस्ता रोगमा लाभ गर्छ । यसको सेवनले शरीरमा तागत दिन्छ ।
अमेरिकाको लोमा लिन्डा युनिभर्सिटी तथा फ्रान्सको नेसनल दा ला रिसर्च अग्रोनोमिकका शोधकर्ताहरूले ८१ हजार जनामाथि एक अनुसन्धान गरे ।

उक्त अनसन्धानले देखाए अनुसार मासुबाट भन्दा ड्राइ फ्रुट्स तथा बीउबिजनबाट प्राप्त हुने प्रोटिन मुटुका लागि स्वस्थकर हुन्छ । मासुबाट प्राप्त हुने प्रोटिनले मुटुरोगको खतरा बढाउँछ । जसले मासुजन्य प्रोटिन बढी उपभोग गर्छन् उनीहरूलाई मुटुरोगको खतरा ६० प्रतिशतसम्म बढेको पाइयो जब कि ड्राइ फ्रुट्सजन्य प्रोटिन बढी सेवन गर्नेहरूमा यो समस्या ४० प्रतिशतभन्दा कम देखियो ।

प्रतिक्रिया दिनुहोस
सिंहदरबारमा प्रचण्ड, माधव र राजेन्द्र श्रेष्ठ भेट

  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार

तेल बेचेर नाफा कमायौं भन्दै निगम रमाउने दिन धेरै छैन : मन्त्री भण्डारी

    उदोग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल आयल निगम लिमिटेड तेल

प्रेस चौतारीको महाधिवेशन उद्घाटन प्रधानमन्त्री ओलीले गर्ने

    नेकपा एमालेनिकट पत्रकारहरूको संगठन प्रेस चौतारी नेपालको फागुन २५-२७ गतेसम्म विराटनगरमा

अमेरिकाको भर्जिनियामा पोखरीमा कार डुब्दा २ नेपालीको मृत्यु

    अमेरिकाको भर्जिनियास्थित स्यान्टिली शहरमा भएको कार दुर्घटनामा दुई जना नेपालीको मृत्यु