नरबहादुर कर्माचार्यकै घरमा बसेर जनयुद्धको योजना बन्यो : प्रचण्ड



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काअध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्ट पार्टीका संस्थापक नरबहादुर कर्माचार्यको घरमा बसेर जनयुद्धको योजना बनाएको बताएका छन् ।

 

कर्माचार्यको स्मृति दिवसमा पार्टीद्वारा पार्टी मुख्यालय धुम्बाराहीमा बिहीबार आयोजित कार्यक्रममा अध्यक्ष दाहालले कम्युनिष्ट आन्दोलनमा कर्माचार्यको उल्लेखनीय भूमिका रहेको बताए । ‘हामीले नरबहादुजीकै घरमा बसेर जनयुद्धको तयारी गर्यौ’ उनले भने, ‘उहाँसँग हाम्रो अत्यन्तै गहिरो र भावनात्मक सम्बन्ध भएको थियो । कम्युनिष्टहरु एकवद्ध हुनुमा उहाँको पनि योगदान छ ।’

 

अध्यक्ष दाहालले नरबहादुर कर्माचार्य कम्युनिष्टहरुको लागि प्रेरक रहेको उल्लेख गरे । प्रचण्डले कम्युनिष्ट नेता तथा कार्यकर्ता वैचारिक, निष्ठावान र सरल हुनुपर्ने समेत बताए ।

 

उनले पार्टी एकता र जनविश्वास अझ उचाइमा पुर्याउने बताए । समाजवादको नयाँ प्रणाली दुनियाँलाई दिन सक्नुपर्ने बताउँदै प्रचण्डले मानवजातिको भविष्य समाजवादमा मात्रै भएकोमा जोड दिए । प्रचण्डले साउन महिनाभित्रै स्थायी समिति र केन्द्रिय समितिको बैठक बोलाएर भदौमा देशव्यापी अभियानमा जाने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...