सोनाक्षीले भेटिनन् राम्रो केटा



हाम्रो इकोनोमि

 

 

बलिउड नायिका सोनाक्षी सिन्हाले आफू प्रेममा रहेको खुलासा गरेकी छिन् । सोनाक्षीले भारतीय मिडियासँग कुरा गर्दै भनेकी छिन्–‘म एकजना सेलिब्रिटीसँग प्रेममा थिएँ । तर, कसैले पनि यो बिषयमा जानकारी पाएनन् ।’

सोनाक्षीले बिहेको बिषयमा पनि मुख खोलेकी छिन् । उनले भनिन्–‘अब मेरो बिहे गर्ने बेला भैसकेको छ । तर, मेरो मातापिताले खोजेजस्तै केटा मैले पाएकी छैनँ ।’ उनका अनुसार, उनका मातापिताले ‘सुशिल केटा’ खोजेका छन् । उनका अनुसार, बलिउडमा यस्तो गुण भएको केटा कोही पनि छैनन् ।

सोनाक्षीले प्रेम सम्बन्धमा कुनै पनि खालको जालझेल आफूलाई स्विकार नहुने पनि स्पष्ट पारिन् । उनले भनिन्–‘यदि मेरो प्रेमीले मलाई चिट गर्छ भने, उसलाई भोलीपल्ट मेरो साथमा कसैले पनि देख्दैनँ ।’

सोनाक्षी पछिल्लो समयमा असफल चलचित्रको मारमा छिन् । तर, यो बर्ष उनको ‘दबंग ३’ रिलिज हुँदैछ, जसले करिअरलाई अगाडि बढाउने अपेक्षा उनको छ । उनी अभिनित चलचित्र ‘कलंक’ यो बर्ष असफल भएपछि उनको करिअर पनि डगमगाएको तर्क गर्न थालिएको छ ।

प्रतिक्रिया दिनुहोस
मास्टर्नीको प्रमोसन गीतमाथि शिक्षक महासंघको आपत्ति

    अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतमा नेपाल...

हिमालयन रिम फिल्म प्रदर्शनी काठमाडौंमा सुरु

    २०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी” नेपालमा शुरु भएको छ ।...

सीजीले ल्यायो वर्ल्ड कप टु वर्ल्ड कप योजना

  फुटबलको महाकुम्भ  विश्वकप  को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ । नेपाली...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...