भारतीय नहरले गाउँ डुब्न थालेपछि भत्काइयो गण्डक नहर



हाम्रो इकोनोमि

 

 

गाउँ डुब्न थालेपछि स्थानीयले नहर भत्काएका छन् । लगातारको वर्षापछि आएको बाढीका कारण गाउँ डुबानमा परेपछि स्थानीयले गण्डक नहरको डिल भत्काइदिएका हुन् । गाउँ नै डुब्ने अवस्थामा पुगेपछि आज बिहानै नहर भत्काइएको हो । त्रिवेणीमा भारतीयले बनाएको नहरका कारण नेपाली भू–भाग डुबानमा पर्दै आएको छ ।

त्रिवेणी हुँदै १९ किलोमिटर लामो गण्डक नहर सिचाइँका लागि भारत लगिएको छ । नहरका कारण सयौ‌ बिघा खेत र सिंगो गाउँ नै डुबानमा परेपछि स्थानीय आक्रोशित भएर नहर भत्काउन पुगेका थिए । भारतीय नहरको डिल यहाँको खेतको सतहभन्दा निकै माथि भएका कारण वर्षेनी पानीले सहज निकास नपाउँदा हजारौँ बिघामा लगाइएको धानबाली डुबानमा पर्ने गरेको छ ।

बाँधका कारण सधैँ गाउँ डुबानमा पर्ने स्थानीय प्रेम चन्द्र गुप्ताले बताए । नेपाली भू–भाग डुबानमा नपार्न त्यहाँ रहेका पानीको निकासका लागि बनाइएको साइफन भारतले वर्षेनी सफा गर्नुपर्नेमा नगरेका कारण नेपाली बस्ती र खेती डुबानमा पर्ने गरेको छ । १९ वर्षअघि पनि स्थानीयले त्यही ठाउँमा नहरको डिल भत्काइदिएका थिए ।

स्थानीयले नहरको डिल भत्काएपछि भारतीय पक्षले ४ वटा ह्युमपाइप राखेर पानीको निकास बनाएको थियो। ४ वटा ह्युमपाइ सानो भएका कारण डिल नै भत्काउन स्थानीय बाध्य भएका हुन् ।

प्रतिक्रिया दिनुहोस
११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...