नेकपामा केपीभन्दा माधव, प्रचण्डभन्दा बादल शक्तिशाली



हाम्रो इकोनोमि

 

नेकपाभित्र पोलिटब्यूरो गठनको लामो छलफल र बहस भएपनि अन्तः दुई अध्यक्षको इन्टेष्टमा पोलिटब्यूरो गठन नहुँने भएको छ । दुवै दलले पोलिटब्यूरोको अन्तिम गृहकार्य गरी सूचि पनि तयार पारेका थिए । तर दुई अध्यक्ष नै पोलिटब्यूरो गठन गर्न चाहेनन् ।

 

पार्टीभित्रको शक्ति सन्तुलनमा अध्यक्षद्धय नै पोलिटब्यूरोमा कमजोर पर्ने भएपछि गठन हुन नसकेको तर्क नेकपाभित्र उठ्न थालेको छ । आफु कमजोर हुने भएपछि दुई अध्यक्षले नेकपाको गर्भमै पोलिटब्यूरो तुहाएका छन् ।

 

पूर्वएमालेमा पार्टी अध्यक्ष केपी शर्मा ओलीभन्दा बरिष्ठ नेता माधव नेपाल र पुर्वमाओवादीमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डभन्दा सचिवालय सदस्य रामबहादुर थापा बादल शक्तिहाली बन्ने भएपछि पोलिटब्यूरो गठन नेकपाको गर्भमै तुहिएको छ । पोलिटब्यूरो गठन भए पूर्वएमालेबाट नेपाल समुहका धेरै नेता पर्ने निश्चित थियो ।

 

स्थायी समितिमा नअटेका तर पार्टीको केन्द्रीय समितिमा रहेर लामो समय काम गरेका धेरै नेता पोलिटब्यूरोमा समेटिदै थिए । तर यसरी समेटदा नेपाल पोलिटब्यूरोभित्र निकै शक्तिशाली हुने निश्चित थियो । जुन अध्यक्ष केपी शर्मा ओलीका लागि रुचिकर थिएन ।

 

उता पूर्वमाओवादीभित्र शक्ति आर्जन गरिरहेका गृहमन्त्री तथा सचिवालय सदस्य थापाले आफुपक्षका १८ केन्द्रीय सदस्यलाई पोलिटब्यूरो बनाउने तयारी गरेका थिए । पोलिटब्यूरो गठनको मापदण्ड बनाउँदा पनि बादल समुहका १८ जना पोलिटब्यूरो हुने निश्चित थियो । बादल समुहबाट १८ जना पोलिटब्यूरो बन्ने भएपछि प्रचण्डले पनि यो संरचना गठन गर्ने रुचि देखाएनन् ।

 

सांगठनिक संरचना अन्र्तगत नेकपाको विधानमा सचिवालय, स्थायी कमिटी, पोलिटब्यूरो र केन्द्रीय समिति छ । केन्द्रीय समिति, स्थायी र सचिवालय गठन भइसकेको छ । तर पोलिटब्यूरो भने दाउपेचको शिकार हुँदै नेकपाको गर्भमै तुहिएको छ । जिल्ला इन्चार्ज र सहइन्चार्ज तोकेपछि पोलिटब्यूरो गठनको सम्भावना सकिएको हो ।

 

कतिपय जुनियर नेताहरु जिल्ला इन्चार्ज बनेका छन् भने कतिपय सिनियर नेताहरु सहइन्चार्ज बनेका छन् । पोलिटब्यूरो गठन गर्दा सहइन्चार्जहरु पर्ने सम्भावना छ भने धेरै इन्चार्जहरु नपर्ने सम्भावना छ । पाटीभित्रको बरियता खलबलिने भएपनि पनि पोलिटब्यूरो गठनको आवश्यकता सकिएको निस्कर्ष नेकपा नेताहरुले निकाल्न थालेका छन् ।

प्रतिक्रिया दिनुहोस
वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...

गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...

गङ्गबुमा खुल्यो राइड केयर नेपाल

    काठमाडौंको गङ्गबुमा राइड सेयरिङ क्षेत्रमा आबद्ध चालक तथा राइडरलाई लक्षित गर्दै...