दरबार हत्याकाण्डबारे यस्तो थियो हिमानी शाहको बयान



हाम्रो इकोनोमि

 

१९ जेठ, २०५८ मा भएको दरबार हत्याकाण्डका मुख्य अभियुक्त तत्कालिन युवराज दिपेन्द्र शाहलाई नै संकेत गरिएको छ । यसलाई धेरैले विश्वास गर्न सकिरहेका छैनन् । हत्याकाण्डबारे अनेक कोणबाट पुस्तकहरू सार्वजनिक भए । पछिल्लो पुस्तक हो– दरबारका दुखान्त ।

 

राजा वीरेन्द्र शाहको एडीसी बसेका र १७ बर्ष दरबारमै काम गरेका सेनाका पूर्व कर्णेल सुन्दरप्रताप रानाको पुस्तक हो, यो । पुस्तकमा उनका विभिन्न तर्कले दिपेन्द्रलाई नै दोषी देखाउने संकेत गरेको छ, यकिन गरेको छैन । कतिपय तथ्य तत्कालिन छानबिन समितिको बयानको आधार पनि मानिएको छ ।

 

तत्कालिन सभामुख तारानाथ रानाभाटसहितको समितिले उक्त विषयमा छानबिन अगाडि बढाई दिपेन्द्रलाई नै दोषी देखाइएको थियो । त्यसअघि हत्याकाण्ड भएको त्रिभुवन सदनमा उपस्थित राजपरिवारका विभिन्न सदस्यसँग बयान लिइएको थियो । त्यसमध्येकी एक हुन् तत्कालिन शाहज्यादी र पछि युवराज्ञी भएकी हिमानी शाह ।

 

छानबिन समितिले उनलाई धेरै प्रश्न गरेको थिएन, छोटो बयान लिएको थियो । छानबिन समितिलाई हिमानीले भनेकी थिइन्,‘हामी भाग्यले बाँच्यौं ।’

 

‘त्यो १९ गतेको पारिवारिक जमघटमा सरकारको सवारी भएको भन्ने कुरा आइराखेको छ । लिष्ट प्राप्त भयो । अब सरकारलाई के कति सम्झना छ ? डिटेलमा पाउन पाएदेखि हामीलाई रिर्पोटको लागि सजिलो पर्छ’, समितिको प्रश्नमा हिमानीले भनेकी छन्,‘डिटेलमा त अब के भयो हामीलाई त्यो त थाहा भएन । तर सुरुदेखि नै हामी कार्यक्रममा थियांै । कार्यक्रममा ८ बजेसम्म सबैजसको सवारी भैसकेको थियो । ठूलो बुवा सवारी हुँदाखेरी अलि अगाडिको घटना मलाई थाहा छैन ।’

 

एनले अगाडि थपेकी छन्,‘ठूलो बुवा सवारी हुनुभन्दा पहिले क्राउन प्रिन्सलाई निराजन सरकार, पारस, राजीव ज्वाई, गोरखले बोकेर खोपीमा सवारी गराइएको थियो । पछि महाराजधिराज सवारी भएको एकै छिनमा ड्याङग आवाज आयो ।’

 

समितिलाई दिएको बयानमा हिमानीले उल्लेख गरेकी छन्,‘अनि त्यसपछि कान्छो बुवा (धीरेन्द्र) अगाडि सर्नुभयो । कान्छा बुवालाई पनि हानिबक्स्यो अनि कुना तिर यसो साईड परेर लुकेर हामी बसिराखेका थियौं अनि त्यसपछि चुप लागेर बस्यौं । त्यसपछि फेरि आएर परर पर्रररर बन्दुक पड्केको सुनेको त्यति नै ।’

 

छानबिन समितिले हिमानीलाई अर्को प्रश्न सोध्यो,‘यसका, अतिरिक्त जानकारी सरकारलाई छ, छैन ? अनि आफ्नो चाहिँ ?’ उनले भनेकी छन्,‘हामीतिर पनि बन्दुक तेस्र्याइ रहनु भएको थियो । डाईनिङ रुम जाने एउटा ढोका छ नि त्यसैको यहाँ पट्टी कर्नरमा त्यसमा हामी थियौं । त्यसपछि बगैंचामा बन्दुकहरु पड्किएको मात्र सुनें ।’

प्रतिक्रिया दिनुहोस
११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...