अब आफ्ना माग सुनुवाइ गर्न आन्दोलन गर्नुपर्दैन: प्रधानमन्त्री ओली



हाम्रो इकोनोमि

 

दुई संस्थाले प्रधानमन्त्री प्राकृतिक प्रकोप उद्धार राहत कोषका लागि २५ लाख रुपैयाँ हस्तान्तरण गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनले १० लाख र व्यापारिक समूह केडिया ग्रुपले १५ लाख रुपैयाँ प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्तान्तरण गरेका हुन् ।

प्रधानमन्त्री ओलीले बाढीपहिरोको चपेटामा परेका जनताका लागि रकम हस्तान्तरण गरेकामा ट्रेड युनियन र केडिया ग्रुपलाई धन्यवाद ज्ञापन गरे । ‘प्राकृतिक विपत्तिमा परेका जनतालाई तपाईंहरूले दिएको रकमले उद्धार र राहतमा ठूलो सहयोग पुग्छ’, उनले भने, ‘मानवीय सहयोगको यस कार्यका लागि तपाईंहरुलाई हार्दिक धन्यवाद छ ।’

उनले अब सृजना र योगदानको समय आएको बताए । ‘कतिपयले माग राख्नु अघि नै आन्दोलन गर्न सुरु गर्छन्’, उनले भने, ‘हामीले लोकतन्त्र ल्याइसक्यौं । लोकतान्त्रिक प्रणाली बसालिसक्यौं । अब आफ्ना माग सुनुवाइ गर्न आन्दोलन गर्नुपर्दैन ।’ अब सृजनशील काम र देशका लागि योगदान गर्ने समय आएको प्रधानमन्त्री ओलीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...