बरालको गजल संग्रह आँगन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कारद्धारा सम्मानीत



हाम्रो इकोनोमि

 

पछिल्लो समयकी चर्चित गजलकार नमिता बरालको आँगन विमोचन भएको एक वर्ष पुग्न केही महिना बाँकी छ । यो बीचमा वर्ष दिन नपुग्नै आँगनलाई ठुलो सफलता मिलेको छ । गजलकार बरालको आँगनले दुईवटा पुरस्कार बाट पुरस्कृत भएको छ ।

आँगन गजल मञ्च चितवन बाट रमादेबी हिरालाल स्मृति पुरस्कार बाट पहिलोपटक पुरस्कृत भएको थियो । अहिले दोश्रो अन्तर्राष्ट्रिय नेपाल साहित्य समाज (अनेसास) बाट गीत गजल हाइकु मुक्तक बिधा अन्तर्गतको सर्वोत्कृष्ट कृति पुरस्कार प्राप्त गर्न सफल भएको छ ।

राजधानी बाट टाढा बाँकेको कोहलपुरमा रहेर साहित्य क्षेत्रमा निरन्तर लागिरहनु भएकी लेखिका नमिता बराल गजल मात्र होइन मुक्तक र कविता पनि उत्तिकै ओजनदार लेख्नुहुन्छ । आँगन गजल संग्रह उहाँको पहिलो गजल संग्रह हो । पहिलो संग्रहले दुईवटा पुरस्कारले पुरस्कृत हुनु ठुलो उपलब्धि भएको बरालको बुझाई रहेको छ ।

नारी साहित्यकार भएर पुरुष साहित्यकारको तुलनामा यो उचाइ छुनु सामान्य कुरा नभएको धेरैको बुझाई रहेको छ ।

घर परीवार समाजलाई व्यवस्थापन गरेर अगाडी बढ्नुपर्ने चुनौतीसँगै साहित्य क्षेत्रमा उहाँले दिएको योगदान अमुल्य भएको उहाँ निकट व्यक्तिहरुको भनाइ छ । आँगनको यो उपलब्धिलाई उहाँको मात्र होइन सम्पूर्ण नारी साहित्यकारको उपलब्धिको रुपमा लिनुपर्ने नारी साहित्यकारहरुले बताएका छन् ।

जिन्दगीमा आइपर्ने बाधा अवरोध र चुनौतिकाबीच यो कलमको लडाइँ लड्नु आफ्ना लागि चुनौती भएको स्वंयम बराल पनि मान्नुहुन्छ ।

साहित्यसँगै व्यापार व्यवसायमा पनि व्यस्त उहाँ लेखनको अलवा विभिन्न संघ सस्थापनि आबद्द हुनुहुन्छ ।

अनेसास पुरस्कार सन २०१७ जनवरी देखि सन २०१८ डिसेम्बर ३१ बीचमा प्रकाशित भएका पुस्तकहरु मध्ये पुरस्कार समितिले गत जनवरी ११ मा पहिलोपल्ट सार्वजनिक गरेको सूचनापछि यस वर्ष नेपाल र अमेरिकामा करीब कुल १३६ पुस्तक दर्ता भएकोमा विभिन्न कारणले १४ पुस्तकहरू मूल्याङ्कनको मापदण्डमा नपरेको जानकारी दिइएको छ ।

पुरस्कार समितिबाट गठीत गोप्य मूल्याङ्कन समितिले मूल्याङ्कन गरी विधागत रुपमा उत्कृष्ट घोषणा गरेका पुस्तकहरुलाई पुरस्कृत गर्ने परम्परा अनुसार यस पनि पुरस्कृत पुस्तक सार्वजनिक गरिएको हो ।

आदिकवि भानुभक्त आचार्यको जन्म जयन्तीको अवसरमा जुलाईमा सर्वोत्कृष्ट पुस्तक प्रकाशन गर्ने र महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीको अवसरमा अनेसासको केन्द्रीय कार्यालय बासिङ्टन डिसीमामा उत्कृष्ट पुस्तकका स्रष्टाहरुलाई पुरस्कृत गर्ने विगतदेखिको परम्परा यसवर्ष पनि कायम गरिएको छ ।

यस वर्षदेखि सर्वोत्कृष्ट पुस्तक पुरस्कारको राशी पन्ध्र सय अमेरिकी डलरलाई बढाएर २ हजार अमेरिकी डलर बनाउनुको साथै विभिन्न विधामा आकर्षक थप पुरस्कार प्रदान गरी भविष्यमा नेपाली भाषाका लेखकहरुलाई बढी उर्जाशील एवं सृजनशील बनाउने अपेक्षा पुरस्कार समितिले राखेको छ ।

प्रतिक्रिया दिनुहोस
भरतपुरमा गुडिरहेको कारमा लाग्यो आगो, एक जनाको मृत्यु

     चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै एक कारमा आगलागी हुँदा एक...

एमालेको पुनर्गठन कार्यदल बैठकमा दुई प्रतिवेदन पेश हुृने

    शुक्रबार नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा दुई...

सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छ : अमरेशकुमार सिंह

    रास्वपाका सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले...

संसद् पुनर्स्थापना एमालेको एजेन्डा : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी केन्द्रीय समितिको बैठकले जेनजी आन्दोलनपछि...