बरालको गजल संग्रह आँगन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कारद्धारा सम्मानीत



हाम्रो इकोनोमि

 

पछिल्लो समयकी चर्चित गजलकार नमिता बरालको आँगन विमोचन भएको एक वर्ष पुग्न केही महिना बाँकी छ । यो बीचमा वर्ष दिन नपुग्नै आँगनलाई ठुलो सफलता मिलेको छ । गजलकार बरालको आँगनले दुईवटा पुरस्कार बाट पुरस्कृत भएको छ ।

आँगन गजल मञ्च चितवन बाट रमादेबी हिरालाल स्मृति पुरस्कार बाट पहिलोपटक पुरस्कृत भएको थियो । अहिले दोश्रो अन्तर्राष्ट्रिय नेपाल साहित्य समाज (अनेसास) बाट गीत गजल हाइकु मुक्तक बिधा अन्तर्गतको सर्वोत्कृष्ट कृति पुरस्कार प्राप्त गर्न सफल भएको छ ।

राजधानी बाट टाढा बाँकेको कोहलपुरमा रहेर साहित्य क्षेत्रमा निरन्तर लागिरहनु भएकी लेखिका नमिता बराल गजल मात्र होइन मुक्तक र कविता पनि उत्तिकै ओजनदार लेख्नुहुन्छ । आँगन गजल संग्रह उहाँको पहिलो गजल संग्रह हो । पहिलो संग्रहले दुईवटा पुरस्कारले पुरस्कृत हुनु ठुलो उपलब्धि भएको बरालको बुझाई रहेको छ ।

नारी साहित्यकार भएर पुरुष साहित्यकारको तुलनामा यो उचाइ छुनु सामान्य कुरा नभएको धेरैको बुझाई रहेको छ ।

घर परीवार समाजलाई व्यवस्थापन गरेर अगाडी बढ्नुपर्ने चुनौतीसँगै साहित्य क्षेत्रमा उहाँले दिएको योगदान अमुल्य भएको उहाँ निकट व्यक्तिहरुको भनाइ छ । आँगनको यो उपलब्धिलाई उहाँको मात्र होइन सम्पूर्ण नारी साहित्यकारको उपलब्धिको रुपमा लिनुपर्ने नारी साहित्यकारहरुले बताएका छन् ।

जिन्दगीमा आइपर्ने बाधा अवरोध र चुनौतिकाबीच यो कलमको लडाइँ लड्नु आफ्ना लागि चुनौती भएको स्वंयम बराल पनि मान्नुहुन्छ ।

साहित्यसँगै व्यापार व्यवसायमा पनि व्यस्त उहाँ लेखनको अलवा विभिन्न संघ सस्थापनि आबद्द हुनुहुन्छ ।

अनेसास पुरस्कार सन २०१७ जनवरी देखि सन २०१८ डिसेम्बर ३१ बीचमा प्रकाशित भएका पुस्तकहरु मध्ये पुरस्कार समितिले गत जनवरी ११ मा पहिलोपल्ट सार्वजनिक गरेको सूचनापछि यस वर्ष नेपाल र अमेरिकामा करीब कुल १३६ पुस्तक दर्ता भएकोमा विभिन्न कारणले १४ पुस्तकहरू मूल्याङ्कनको मापदण्डमा नपरेको जानकारी दिइएको छ ।

पुरस्कार समितिबाट गठीत गोप्य मूल्याङ्कन समितिले मूल्याङ्कन गरी विधागत रुपमा उत्कृष्ट घोषणा गरेका पुस्तकहरुलाई पुरस्कृत गर्ने परम्परा अनुसार यस पनि पुरस्कृत पुस्तक सार्वजनिक गरिएको हो ।

आदिकवि भानुभक्त आचार्यको जन्म जयन्तीको अवसरमा जुलाईमा सर्वोत्कृष्ट पुस्तक प्रकाशन गर्ने र महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीको अवसरमा अनेसासको केन्द्रीय कार्यालय बासिङ्टन डिसीमामा उत्कृष्ट पुस्तकका स्रष्टाहरुलाई पुरस्कृत गर्ने विगतदेखिको परम्परा यसवर्ष पनि कायम गरिएको छ ।

यस वर्षदेखि सर्वोत्कृष्ट पुस्तक पुरस्कारको राशी पन्ध्र सय अमेरिकी डलरलाई बढाएर २ हजार अमेरिकी डलर बनाउनुको साथै विभिन्न विधामा आकर्षक थप पुरस्कार प्रदान गरी भविष्यमा नेपाली भाषाका लेखकहरुलाई बढी उर्जाशील एवं सृजनशील बनाउने अपेक्षा पुरस्कार समितिले राखेको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...