हिट केकी, हट फिटनेस, (पाँच तस्विर)



हाम्रो इकोनोमि

 

सफलतालाई शीर चड्न नदिने, असफलतालाई मुटुभित्र नराख्ने केकी अधिकारी नेपाली चलचित्रकी मानसिक र शारिरिकरुपमा फिट अभिनेत्री हुन् । उनको स्वस्थ्य मानसिकता अध्ययनदेखि अभिनयसम्म देखिन्छ भने शारिरिक स्वस्थतामा अझै भनेजति फिट हुन सकेको छैन ।

नेपाली चलचित्रभित्र सुन्दर अभिनेत्री केकीले पछिल्लो समय आफ्नो शारिरिक स्वस्थतालाई पनि ध्यान दिन थालेकी छिन् । योगादेखि जुम्बासम्म उनको समय बित्ने गरेको छ । हलिउडदेखि बलिउडसम्मका धेरै अभिनेत्री आधा समय जिममा विताउने गर्दछन् । तर नेपालका अधिकाँस अभिनेत्रीहरु जिम जाँदैनन् । तर केकी भने शारिरिक अभ्यासमा कुनै कमी आउन दिएकी छैनन् । -आधा समय योगा र आधा समय जुम्वामा विताउने गरेकी छु,- उनले भनिन् -मानसिक र शारिरिक स्वस्थताका लागि यो अनिवार्य नै छ ।

म्यूजिक भिडियोबाट रंगमञ्चमा आएकी केकीको यात्रा नेपाली चलचित्रमा एक दशक वितिसकेको छ । सन् २०१० मा नेपाली चलचित्रबाट डुेब्यू गरेकी केकीको जीवनमा धेरै सफलता र थोरै असफलता पनि हात लागे । उनले सफलतालाई शीर चड्न कहिलेपनि दिइनन् तर असफलतालाई आत्मसाथ पनि गरिनन् । स्वर फिल्मबाट डुेब्यू गरेकी केकीले पछिल्लो समय आप्mनै लगानीमा कोहलपुर एक्सप्रेस बनाइन । फिल्मको कथाबस्तु आकर्षक नभएपनि अभिनयनले फिल्म हिट नै भयो ।

चलचित्रसँगै केकीले टेलिशंखलामा पनि हात हालेकी छिन् । कमेडी च्याम्पियन नामक टेलिभिजन कार्यक्रम सञ्चालनको तयारीमा रहेकी केकी यसका कति सफल हुन्छिन् त्यो भने भविश्यले नतिजा देला ।

उनी यतिबेला जिम, योगामै ब्यस्त छिन् । -अलिकति पनि हेलचक्राई भयो भने मेरो शरिरमा त्यसको असर देखिन्छ,- उनले भनिन् -त्यही भएर पनि म अभ्यासमा ब्यस्त रहने गरेकी छु ।

प्रतिक्रिया दिनुहोस
एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...

कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी...

देउवा पक्षको अधिवेशनमा जानेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया चलिरहेका बेला पार्टीको आधिकारिक प्रक्रियाबाहिर हुने...