नेता भट्टराईलेले भने स्कुल विभाग घनश्याम भुसाललाई दिनुपर्छ



हाम्रो इकोनोमि

 

स्कुल विभागलाई लिएर नेकपाभित्र जुहारी चलिरहेका बेला स्थायी कमिटी सदस्य योगेश भट्टराईले पार्टीको पद कसैको स्थायी विर्ता नभएको कडा टिप्पनी गरेका छन् । कार्यबिभाजन र जिम्मेवारी बाँडफाँडमा नेता भट्टराईले दुई अध्यक्षलाई पाँच सुझाव पनि दिएका छन् ।

 

नेकपा संगठनात्मक एकताको अन्तिम चरणमा पुगेका बेला स्कुल विभाग पेचिलो बनेको छ । स्कुल विभागमा पूर्वएमाले र पुर्वमाओवादी दुवैले सशक्त दावी गरिरहेका छन् । पुर्वएमालेबाट सचिवालय सदस्य इश्वर पोखरेल र पुर्वमाओवादीबाट सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले दावी गरेका छन् ।

 

दुवै दलले सशक्त दावी गरिरहेका बेला नेता भट्टराईले पार्टीलाई विर्ता नसम्झन चेतावनी दिँदै आलोपालोको आधारमा नेतृत्व गर्नुपर्ने तर्क अघि सारेका छन् । ‘ब्यक्तिलाई दिइएको पार्टीको जिम्मेवारी विर्ताकारुपमा दिइएको होइन’ नेता भट्टराईले भने ‘कुनैपनि ब्यक्तिलाई स्थायीरुपमा कुनै जिम्मेवारी दिनु हुँदैन । योग्यता र क्षमताका आधार हरेक बर्ष सवैको जिम्मेवारी हेरफेर गर्नु पर्दछ ।’

 

नेता भट्टराईले पार्टीभित्र मुल्यांकन र दण्डको ब्यवस्था हुनुपर्ने जिकिर गर्दै प्रत्येक पार्टी नेता र कार्यकर्ताले मुल्यांकन प्रतिवेदन सार्वजनिक गर्नूपर्ने बताए । ‘हरेक बर्ष ब्यक्तिको मुल्याङ्कन प्रतिबेदन सार्वजनिक गरौ । त्यसका आधारमा पुरस्कृत र दन्डित गर्ने पारीपाटी बसालौ’ नेता भट्टराइले भने ‘पार्टीमा भूगोल, बिभाग र फांट गरी तीन क्षेत्र छन । रोटेसनका आधारमा एउटा ब्यक्तिलाई तीन वटै क्षेत्रमा काम गर्ने अबसर दिनु पर्दछ ।’

 

पार्टी स्कुल विभागमा पोखरेल र श्रेष्ठबीच जुहारी चलिरहेका बेला नेकपाका बैचारिक नेता घनश्याम भूसालले पनि आफ्नो दावी पेश गरेका छन् । नेता भट्टराईले नाम नकिटेपनि भूसाललाई नै स्कुल विभागको जिम्मेवारी दिनुपर्ने कुटनीतिक तर्क अघि सारेका छन् ।

प्रतिक्रिया दिनुहोस
गगन थापा रास्वपा महाधिवेशनमा जाने

    कांग्रेस सभापति गगन थापा रास्वपाको पहिलो महाधिवेशन उदघाटन सत्रमा सहभागी हुने...

वेबसाइट निर्माण प्रतियोगिता सिजन ८ को उपाधि अङ्किता भट्टराईलाई

    क्लिन्टन स्कुलकी अङ्किता भट्टराईले लाइफ कम्प्युटरद्वारा आयोजित ‘वेबसाइट निर्माण प्रतियोगिता –...

एमाले सुदूरपश्चिम पनि पार्टी पुनर्गठनको पक्षमा

    नेकपा एमालेको सुदूरपश्चिम प्रदेशस्तरीय सुझाव संकलन कार्यक्रममा अधिकांश नेता तथा कार्यकर्ताले...

सरकारविरुद्ध सडकमा जानुपर्ने हुनसक्छ : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारको क्रियाकलाप जनविरोध भएको...