२० बलमै ज्ञानेन्द्रको अर्धसतकले विश्वकप छनोटमा मलेसियामाथी नेपाल जित नजिक



हाम्रो इकोनोमि

 

सिंगापुरमा जारी टी–२० विश्वकपको एशिया छनोटमा नेपाल मलेसियामाथी जित नजिक पुगेको छ । मलेसियाले नेपाललाई ८४ रनको चुनौति दिएको थियो ।

वर्षाले प्रभावित बनाएपछि ९ ओभरमा घटाइएको खेलमा मलेसियाले ७ विकेटको क्षतिमा ८३ रन बनाएको हो ।

चुनौती पुरा गर्न ब्याटिङमा उत्रिएको नेपालले ५ ओभर १ बलको समाप्तिमा बिना कुनै विकेटको क्षतिमा ६६ रन बनाएको छ ।

टस हारेर ब्याटिङ थालेको मलेसियाका लागि सेयद अजिजले ३० रन बनाए । यस्तै भिरन्दीप सिंहले २१ रन बनाए। त्यसक्रममा उनले १७ बलमा एक चौका र एक छक्का हाने ।

यस्तै कप्तान अहमेद फेजले ९ रन जोडे । नेपालका लागि सोमपाल कामीले ३ विकेट लिए भने वसन्त रेग्मीले २ विकेट लिए ।

सन्दीप लामिछाने र करण केसीले समान १-१ विकेट लिए।

८४ रनको विजयी लक्ष्यसहित नेपालले ब्याटिङ गरिरहेको छ। ज्ञानेन्द्र मल्लले ५ चौक र ३ छक्का प्रहार गरेर २० बलमा नै ५१ रन जोडेर नेपाललाई जितको सम्भावना दिलाएका छन् ।

खेलमा प्रदिप ऐरीले १२ बलमा ११ रन जोडेका छन् ।

प्रतिक्रिया दिनुहोस
पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

  नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।...