२० बलमै ज्ञानेन्द्रको अर्धसतकले विश्वकप छनोटमा मलेसियामाथी नेपाल जित नजिक



हाम्रो इकोनोमि

 

सिंगापुरमा जारी टी–२० विश्वकपको एशिया छनोटमा नेपाल मलेसियामाथी जित नजिक पुगेको छ । मलेसियाले नेपाललाई ८४ रनको चुनौति दिएको थियो ।

वर्षाले प्रभावित बनाएपछि ९ ओभरमा घटाइएको खेलमा मलेसियाले ७ विकेटको क्षतिमा ८३ रन बनाएको हो ।

चुनौती पुरा गर्न ब्याटिङमा उत्रिएको नेपालले ५ ओभर १ बलको समाप्तिमा बिना कुनै विकेटको क्षतिमा ६६ रन बनाएको छ ।

टस हारेर ब्याटिङ थालेको मलेसियाका लागि सेयद अजिजले ३० रन बनाए । यस्तै भिरन्दीप सिंहले २१ रन बनाए। त्यसक्रममा उनले १७ बलमा एक चौका र एक छक्का हाने ।

यस्तै कप्तान अहमेद फेजले ९ रन जोडे । नेपालका लागि सोमपाल कामीले ३ विकेट लिए भने वसन्त रेग्मीले २ विकेट लिए ।

सन्दीप लामिछाने र करण केसीले समान १-१ विकेट लिए।

८४ रनको विजयी लक्ष्यसहित नेपालले ब्याटिङ गरिरहेको छ। ज्ञानेन्द्र मल्लले ५ चौक र ३ छक्का प्रहार गरेर २० बलमा नै ५१ रन जोडेर नेपाललाई जितको सम्भावना दिलाएका छन् ।

खेलमा प्रदिप ऐरीले १२ बलमा ११ रन जोडेका छन् ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...