विप्लव र गृहमन्त्री थापाबीच चल्यो यस्तो दोहोरी, कसले के भने



हाम्रो इकोनोमि

 

सरकार र प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहबीच अनौपचारिक रुपमा वार्ता प्रक्रिया अगाडि बढिरहेको खबरहरु आइरहेका बेला एकाएक ‘वार्ता’ को हल्ला निराधार भएको पुष्टि भएको छ ।

 

अहिले विप्लव समूह र सरकार दुवै एक अर्कालाई दोष देखाउँदै वार्ताबाट भाग्न थालेका छन् । गृहमन्त्री रामबहादुर थापा बादलले विप्लव समूहसँग वार्ता गरेर समस्या समाधान गर्न सरकार तयार रहे पनि विप्लव समूहले नचाहेको स्पष्ट पारेका छन् । राजनीतिक स्थायित्व नभएसम्म मुलुकमा पूर्ण शान्ति सम्भव नभएको भन्दै गृहमन्त्री थापाले राष्ट्रिय शान्तिको बाधक नै अहिले विप्लव समूह भएको दावी गरेका छन् ।

 

मन्त्रालयले वार्षिक कार्यसम्पादन समीक्षा र योजनाबारे जानकारी दिन मङ्गलबार आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री थापाले विप्लव समूह चुनौतिका रुपमा रहेको भन्दै यो समस्यालाई राजनीतिक तवरबाट समाधान गर्नुपर्ने पक्षमा आफू रहेको बताए ।

 

‘वार्ताद्वारा समस्या समाधान गर्ने पक्षमा हामी छौँ, तर उनीहरु वार्ताबाट समस्या समाधान गर्ने पक्षमा छैनन्’ मन्त्री थापाले भने । उनले विप्लव समूहका गतिविधि नियन्त्रण गर्ने सरकारको दायित्व नै भएको दावी गरे ।

 

‘यसक्रममा विप्लव समूहका ६ सय भन्दा बढि नेता कार्यकर्ता नियन्त्रणमा लिइएको पनि मन्त्री थापाले जानकारी दिए । उनले सरकारले वार्ताको लागि बोलाए पनि उनीहरुले वार्ताका लागि औपचारिक प्रस्ताव नपठाएको भन्दै पछिल्लो समय वार्ताको सम्भावना बढेको बताए ।  कार्यक्रममा गृह सचिव प्रेमकुमार राईले शान्ति सुरक्षा कायम गर्न मन्त्रालयले सकेसम्म प्रयास गरिरहेको भन्दै विप्लव समूह मूलधारमा आएपछि मात्रै पूर्ण शान्ति कायम हुने बताएका छन् ।

 

सरकारले वार्तामा बोलाइरहेको छैन, जनयुद्धतिर धकेल्दैछ : विप्लव

सरकारले विप्लव समूह वार्ताका लागि तयार नभएको बताइरहेका बेला विप्लव समूहको पनि सरकारप्रति आफ्नै आरोप छ । विप्लव समूहले एक विज्ञप्ती जारी गर्दै सरकार वार्ताको नाममा भ्रम फैलाइरहेको आरोप लगाएको छ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले सरकार वार्ताको पक्षमा नदेखिएको आरोप लगाएका छन् । सरकारले देशलाई जबरजस्त युद्धमा धकेल्न खोजेको समेत उनले आरोप लगाएका छन् ।

वार्ताको प्रचार गरेर सरकार आफ्ना नेता कार्यकर्तालाई गिरफ्तार, हत्या र झूटा मुद्दा लगाएर धरपकडमा उत्रिएको भन्दै विप्लवले सरकार शान्ति, समृद्धि र विकासको पक्षमा नरहेको बताएका हुन् ।

 

‘एकातिर वार्ताको कुप्रचार गर्ने, अर्कातिर नेता, कार्यकर्तालाई गिरफ्तार, हत्या, गोली हान्नुका साथै झूठो मुद्दा लगाएर जेल चलान गर्नुले यो सरकार देशमा वास्तविक शान्ति, समृद्धि र विकासको पक्षमा नरहेर जबरजस्त युद्धमा धकेली जनतामाथि शोषण गर्नु, दमन थोपर्नुका साथै देशमा विदेशी शक्तिको चलखेललाई बढावा दिन लागेको स्पष्टै बुझ्न सकिन्छ’, विप्लवको विज्ञप्तिमा उल्लेख छ ।

 

किन बिग्रियो वार्ताको वातावरण ?

यता केहि दिनअघिसम्म सरकार–विप्लव समूहबीच वार्ताको वातावरण बन्दै गएको खबर सार्वजनिक भएका थिए । सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शीर्ष तहका नेताहरुले महासचिव विप्लव नजिकका नेताहरुसँग वार्ताका लागि अनौपचारिक रुपमा प्रक्रिया अगाडि बढाएको खवर सार्वजनिक भएको छ । तर, अहिले महासचिव विप्लवको विज्ञप्तीको अभिव्यक्तिले सरकार–विप्लव समूहबीच वार्ताको वातावरण बनाउन अझै कसरत हुनुपर्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल बाढी प्रभावित क्षेत्रमा पुगे

    राष्ट्रपति रामचन्द्र पौडेल बाढी प्रभावित क्षेत्रमा पुगेका छन् । नुवाकोट पुगेर...

त्रिशूली ३ बी मा हराएका आफन्त खोजीको माग गर्दै माइतीघरमा धर्ना

     रसुवा बाढीका क्रममा त्रिशूली ३ बी मा हराएका आफन्तहरुको खोजीको माग...

बाढीले गोरखामा दुई पुल र दुई जलविद्युत् आयोजना बगायो

    उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ नाम्रुङस्थित बूढीगण्डकी र थेराङ खोलाको बाढीले दुई...

भोटेकोशी बाढीमा चार हजार ४४ जना अझै बेपत्ता, एक हजार ३४१ शव फेला

  रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते गएको विनाशकारी बाढीमा परी मृत्यु भएकामध्ये...