एक हजार भन्दा बढी नेता–कार्यकर्ता कांग्रेसमा प्रवेश, गगन थापाले दिए सदस्यता



हाम्रो इकोनोमि

 

कपिलवस्तुमा विभिन्न पार्टी परित्याग गरेका एक हजार भन्दा बढी नेता तथा कार्यकर्ताहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।  उनीहरुलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले पार्टीको सदस्यता दिएका छन् ।

राप्रपा प्रदेश सभा सदस्यका उम्मेदवार देवराज भारती, तत्कालीन तमलोपाका केन्द्रिय सदस्य घनश्याम तिवारी, अखण्ड नेपालका कार्यवाहक जिल्ला अध्यक्ष बमबहादुर केसी, विवेकशील साझा पार्टीका जिल्ला संयोजक कृष्ण पराजुली लगायतका जिल्ला स्तरीय नेताहरु कांग्रेस प्रवेश गरेका हुन् ।

नेपाली कांग्रेस कपिलवस्तुले शिवराज नगरपालिका वडा नं ११ चनईमा आयोजना गरेको पार्टी प्रवेश तथा आम सभा कार्यक्रममा उनीहरु नेपाली कांग्रेस प्रवेश गरेका हुन् ।

सो अवसरमा राप्रपाबाट शिवराज नगरपालिका वडा नं ११ का वडा अध्यक्ष पदका उम्मेदवार केशरी जयसवाल, शिवराज नगरपालिका वडा नं। ११ का नेकपाबाट वडा अध्यक्षका उम्मेदवार विजय सिंह चौधरी, शिवराज नगरपालिका वडा नं ३ का नेकपाका वडा अध्यक्ष पदका उम्मेदवार सुनिल चौधरी पनि नेपाली कांग्रेस प्रवेश गरेका छन् ।

यसैगरी शिवराज नगरपालिका वडा नं। ११ का नेकपा सचिव केम प्रसाद वेलवासे लगायतका अन्य विभिन्न पार्टीका १ हजार बढी नेता कार्यकर्ताहरु नेपाली कांग्रेस प्रवेश गरेको नेपाली कांग्रेसका जिल्ला सचिव प्रेम बहादुर रायमाझीले बताए ।

कांग्रेस प्रवेश गरेका नेता कार्यकर्ताहरुलाई जिल्ला सभापति सुरेन्द्रराज आचार्य, क्षेत्र नं ३ का सांसद अभिषेक प्रताप शाहले पार्टीमा स्वागत गरेका थिए ।

सो अवसरमा केन्द्रीय सदस्य गगन थापाले दुई तिहाईको वर्तमान सरकारले जनताको हितमा काम गर्न नसकेको, हत्या, हिंसा, आतंक, भष्टचार, महंगी, कमिशनतन्त्र र वेरोजगारी बढेका कारण जनता निराश हुँदै गएको बताए ।

सरकारको प्रतिपक्षमा कांग्रेस रहेका बेला यसरी जिल्ला जिल्लाबाट हजारौंको संख्यामा नेपाली कांग्रेसमा प्रवेश गर्नु वर्तमान सरकारप्रतिको वितृष्णाको ज्वलन्त उदाहरण रहेको नेता थापाले बताए ।

नेता थापाले शिक्षा र स्वास्थ्य पूर्ण रुपमा निशुल्क गरी पहिलो चरणमा आम नागरिकहरुलाई राहतको अनुभुति गराउन सक्ने खालको निति तथा कार्यक्रमहरु सरकारले संचालन गनुृ पर्नेमा जोड दिए ।

अबका दिनमा नेपाली कांग्रेसको सरकारको प्रमुख प्राथमिकताको क्षेत्र भनेको शिक्षा, स्वास्थ्य र रोजगारी नै रहेको उनले बताए । यसका लागि दिर्घकालीन योजना सहित आफ्नो पार्टी नेपाली कांग्रेस अघि बढेको उनले दावी गरे ।

सो अवसरमा सांसद अभिषेक कुमार शाहले नव आगन्तुक र पुराना नेता कार्यकर्ता तथा आम सर्वसाधारणको पक्ष आफु सदैव समर्पित भई काम गर्ने बताए । मधेशी पहाडी, हिन्दु मुस्लिम सवै वर्ग धर्म जात जातिका जनताको आफु प्रतिनिधी भएको र आम जनताको सुख दुखकै विचमा आफु सदैव रहँदै आएको उनले बताए ।

कार्यक्रममा प्रदेश सभा सदस्यहरु विरेन्द्र कुमार कनौडिया, रिना नेपाल, नेपाली कांग्रेसका पुर्व सभापति राजेश आचार्य, जिल्ला सचिव महेन्द्र पाठक, जिल्ला कोषाध्यक्ष शोहरत तेली, सो क्षेत्रका युवा नेता अजय थापाको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
लघुवित्त पीडितको माइतीघरमा आमरण अनशन

    लघुवित्त तथा वित्तीय संस्थाबाट पीडित एक समूहले आफ्ना माग कार्यान्वयनको दबाब...

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था

    ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा बैंक खाता खोल्न सकिने...

पहिरोले मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध

     मुग्लिन–नारायणगढ सडक खण्डको खहरे खोला नजिकै सुक्खा पहिरो जाँदा सवारी आवागमन...

इनड्राइभ ड्राइभिब नारी नेपाल प्रमाणपत्र प्रदान

    विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले महिलालाई ड्राइभिब पेसामा अघि बढ्न...