गुल्मीको सत्यवतीमा पहिरोले ९ जनाको मृत्यु, ४ बेपत्ता



हाम्रो इकोनोमि

 

अविरल वर्षाले गुल्मीको सत्यवती गाउँपालिकाका विभिन्न स्थानमा पहिरोले घर बगाउँदा कम्तीमा ९ जनाको मृत्यु भएको छ भने ४ जना सम्पर्कविहीन छन् ।
सत्यवती गाउँपालिका–३ को सिङ्दीमा एकाघरका आमा छोराको मृत्यु भएको छ भने सत्यवती–३ कै कसिङ्थलामा २ जनाको ज्यान गएको स्थानीय मनबहादुर राहाडीले जानकारी दिए।

सत्यवती गाउँपालिका–४ लिम्घा भीरकुनामा अहिलेसम्म ५ जनाको मृत्यु भएको स्थानीय कृष्ण भण्डारीले जानकारी दिएका छन्। उनका अनुसार अहिलेसम्म ४ जना बेपत्ता छन्। बेपत्ता भएकाको अहिलेसम्म जानकारी केही नआएको उनले बताए। घटनास्थल कालीगण्डकी कोरिडोरबाट झण्डै दुई घण्टा ठाडो उकालो हिँडेपछि मात्र पुग्न सकिन्छ।

तीन घर पूर्णरुपमा पुरिएको र त्यसमा ९ जना बस्ने गरेको स्थानीयले बताएका छन्। लिम्घाको भीरकुनामा माथिल्लो भाग र पूर्वबाट पहिरो झर्दा १० घर बढी बासिन्दालाई सुरक्षित स्थानमा लैजान स्थानीय बासिन्दा उद्धारमा खटिएका छन्। यहाँ अझै पनि २० बढी जोखिममा रहको स्थानीय भरत शाहीले बताए। अहिले पनि लेदो माटोसहित पहिरो खसिरहेको उनले बताए। घटनाबारे थप विवरण आउन बाँकी छ।

बाटोमा पहिरो गएका कारण पनि घटनास्थलमा जान समय लागेको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ। घटनास्थलमा जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी नायब उपरीक्षक मिन घलेको नेत्तृवमा प्रहरीको टोली त्यस तर्फ गएको छ।

यता गुल्मी जिल्लाका प्रमुख जिल्लाअ अधिकारी यदुनाथ पौडेलका अनुसार उद्धारका लागि प्रहरीको टोली संगै स्थानीय लागेको र उपचारका लागि स्वास्थ्यको टोली पुगेको जानकारी दिए।

प्रतिक्रिया दिनुहोस
११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...