साम्राज्ञीपछि मिस नेपाल श्रृङ्खला खतिवडाका टर्कीबाट आए यस्ता तस्वीर, बने दुनियाँ चकित



हाम्रो इकोनोमि

 

श्रृङ्खला खतिवडा पछिल्लो समय खुबै चर्चाको नाम हो । उनी आफ्नो र परिवारका कारणले समयसमयमा चर्चामा रहने गर्छिन । अहिले खतिवडाको चर्चाको कारण भने केही फरक छ । इन्डोनेसिया पुगेर साम्राज्ञीले प्रेमीसँग खिचाएका हट फोटाको चर्चा सेलाउन नपाउँदै पूर्व मिस नेपाल शृङ्खला खतिवडाको पनि जोडी सामाजिक सञ्जालमा छाउन थालेको हो ।

सन् २०१८ की मिस नेपाल बनेकी शृङ्खला खतिवडाले टर्कीको इस्तानबुलमा घुमफिर गरिरहेको तस्बिर इन्स्टाग्रामबाट सार्वजनिक गरेपछि सामाजिक सञ्जालमा अनेक चर्चा सुरु भएको छ । टर्कीमा उनले भ्लगर शिसन बाँनियासँग खिचेको एक तस्बिरले नै उनीहरु प्रेममा रहेको चर्चा सुरु हुन थालेको हो । तर, यो विषयमा दुवैले मुख भने खोलेका छैनन् ।

शिसनको काँधमा श्रृङ्खलाले टाउको राखेर फोटो खिचाएसँगै उनीहरूको प्रेमसम्बन्ध रहेको विषय चर्चामा आएको हो । शिसनले शृङ्खलाका लागि मिस नेपालको प्रतिस्पर्धामा बनाएको भिडियोका कारण उनी चर्चामा थिए । श्रृङ्खलाले पनि शिसनको नाम आफ्नो सफलतामा लिएकी थिइन । शृङ्खला खतिवडा नेकपाबाट प्रतिनिधि सभा सदस्य विरोध खतिवडा र नेकपा मकवानपुर अध्यक्ष मुनु सिग्देलकी छोरी हुन ।

 

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...