विप्लवको चन्दा आतकं, एक लाखदेखि २० लाखसम्म, को सँग कति उठाए हेर्नुहोस नामसहित



हाम्रो इकोनोमि

 

प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह) ले अधिकतम २० लाख रुपैयाँसम्म चन्दा असुल गर्न तयार पारेको गोप्य दस्तावेज प्रहरीले बरामद गरेको छ । विप्लव नेतृत्वको सो समूहले राष्ट्रिय गौरवका आयोजना, ठूला, मझौला तथा साना उद्योग, चल्तीका शैक्षिक संस्था, विकास निर्माणसम्बन्धी अन्य आयोजनालगायतबाट चन्दा असुल गर्न तयार पारेको गोप्य सूची प्रहरीले बरामद गरेको हो ।

 

सो समूहका पोलिटब्युरो सदस्य माइला लामाको साथबाट प्रहरीले चन्दा उठाउन तयार पारिएको दस्तावेजसहितका गोप्य कागजात बरामद गरेको छ । प्रहरीले शनिबार राति लामा र उनका सहयोगी रमेश तामाङलाई काँडाघारीबाट पक्राउ गरेको थियो ।

 

‘प्रतिबन्धित नेकपाका नेता लामाको साथबाट ४ सय व्यक्ति तथा संस्थाबाट अधिकतम २० लाख रुपैयाँसम्म चन्दा असुल्नेगरी तयार पारिएको सूची लगायतका गोप्य दस्तावेजहरु जफत गरिएको छ,’ एसएसपी सकुल थापाले भने, ‘राजधानीलगायत देशका विभिन्न स्थानमा चन्दा असुल्नकै लागि आफ्ना भ्रातृसंगठनलाई परिचालन गरिएको देखिन्छ ।’ थापाका अनुसार प्रतिबन्धित नेकपाले राष्ट्रिय गौरवसहित ठूला जलविद्युत् तथा सडक आयोजनाबाट २० लाखका दरले रकम असुल्नेगरी सूची तयार पारेको छ ।

 

शिखर सुजलगायत कम्पनीबाट अधिकतम १० लाख रुपैयाँसम्म असुल्ने गरी तयार पारिएको कागजपत्र जफत गरिएको छ । यसैगरी अन्य वस्तु तथा सेवाप्रदायक मझौला उद्योग र चल्तीका निजी शैक्षिक संस्था प्रत्येकबाट १० लाखसम्म चन्दा असुल गर्ने उल्लेख छ । नागरिक दैनिकको समाचारअनुसार साना उद्योग तथा खुद्रा पसलबाट चन्दा माग गर्ने र स्वेच्छिक रुपमा दिएकोलाई स्वीकार गर्नेगरी कागजपत्र तयार पारेको खुलेको छ ।

 

सो समूहले सडक आयोजना, जलविद्युत्, अन्य उद्योग, शैक्षिक संस्था, सुपरमार्केटलगायतको सूची नै तयार पारेर चन्दा आतंक मच्चाएको प्रहरीले जनाएको छ । यसअघि सो समूहका नेता खड्गबहादुर विश्वकर्मा पनि चन्दा आतंक अभियोगमा पक्राउ परेका थिए । चन्दा असुल्ने सूचीसहित पक्राउ परेका विश्वकर्मा अदालतको आदेशपछि रिहा भएर भूमिगत बनिसकेका छन् । विश्वकर्मापछि नेकपाले आर्थिक संकलनको जिम्मा लामासहितका नेतालाई दिएको प्रहरी दाबी छ ।

प्रतिक्रिया दिनुहोस
लघुवित्त पीडितको माइतीघरमा आमरण अनशन

    लघुवित्त तथा वित्तीय संस्थाबाट पीडित एक समूहले आफ्ना माग कार्यान्वयनको दबाब...

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था

    ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा बैंक खाता खोल्न सकिने...

पहिरोले मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध

     मुग्लिन–नारायणगढ सडक खण्डको खहरे खोला नजिकै सुक्खा पहिरो जाँदा सवारी आवागमन...

इनड्राइभ ड्राइभिब नारी नेपाल प्रमाणपत्र प्रदान

    विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले महिलालाई ड्राइभिब पेसामा अघि बढ्न...