अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको काम भोलीदेखि सुरु हुने, चितवन झरे धुर्मुस



हाम्रो इकोनोमि

 

दुई महिनादेखि रोकिएको अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको काम भोलीदेखि पुनः सूचारु हुने भएको छ । आज सोमबार विहान भरतपुरमा बसेको धुर्मुस सुन्तली फाउण्डेशन र रंगशाला निर्माण सहयोग समिति चितवनको संयुक्त बैठकले भोलीदेखि रंगशाला निर्माणको काम सुरु गर्ने निर्णय गरेको हो । रंगशाला निर्माण गर्न चितवनमा सर्वपक्षीय ५ हजार १ सदस्यीय मूल सहयोग समिति गठन गरिएको छ ।

 

स्थानीयको एक समूहले जेठ १५ गते डोजर लगाएर रंगशालाको बार भत्काएको र कामदारलाई धम्की आएको भन्दै धुर्मुस सुन्तली फाउन्डेसनले काम रोकेको थियो । त्यसपछि स्थानीयसँग सहमति भई भत्काइएको बार पनि स्थानीयकै प्रयासमा उठाइएको छ ।

 

दुई महिनाको अवधिमा भएका पटक–पटकका छलफल र संवादपछि धुर्मुस सुन्तली फाउण्डेशन रंगशाला निर्माणका लागि तयार भएको हो । रंगशाला निर्माणको काम र सहयोग संकलनको कामलाई एकसाथ अघि बढाउने बैठकले निर्णय गरेको चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जानकारी दिनुभयो । उहाँले सहयोग संकलनलाई अभियानको रुपमा संचालन गरिने बताउनुभयो ।

 

‘रंगशालाको डिपिआर छिटो टुङग्याउन सहयोग समितिका तर्फबाट आग्रह भएको छ,उहाँले भन्नुभयो’,यसका लागि लाग्ने लागत रकम बोल्नेहरुबाट संकलन गर्ने भनिएको छ ।’ उहाँले रंगशाला निर्माणका लागि जिल्लामा आवश्यक सुरक्षा र वातावरण तयार गर्न स्थानिय प्रशासन तयार रहेको उहाँले बताउनुभयो । भरतपुर महानगरपालिका र राजनैतिक दलका तर्फबाट पनि अभियानलाई प्रभावकारी बनाउने धारणा व्यक्त भएको प्रजिअ बस्नेतको भनाई छ ।

 

जिल्ला स्तरीय सर्वपक्षीय समितिले रंगशाला निर्माणका लागि रकम जुटाउने, अन्य सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको र काममा फर्कन आह्वान गरेकाले आफूहरु रंगशाला निर्माणका लागि फर्किएको धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसले बताउनुभयो । ‘हामी हिजोपनि भागेर हिडेका थिएनौं, आज र भोली पनि भाग्ने अवस्था आउँदैन्, उहाँले भन्नुभयो’,विभिन्न घटनाक्रमले दुई महिना फिल्डको काम रोकियो ।’ उहाँले डिपिआरको काम भने निरन्तर भइरहेको जानकारी दिनुभयो । रंगशाला निर्माण भएरै छाड्ने भन्दै उहाँले सहयोगका लागि सम्पूर्णलाई अपिल गर्नुभयो ।

वैठकमा भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहाल, जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्ण कुमार डल्लाकोटी,प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत,धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल धुर्मुस,नेकपा चितवनका अध्यक्ष यम बहादुर परियार,नेपाली काँग्रेस चितवनका सभापती जितनारायण श्रेष्ठ लगाएतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...