गगन थापाको क्षेत्रमा नाकाबन्दी, सडक घाइते, मतदाताहरू दिक्क



हाम्रो इकोनोमि

 

नेपाली कांग्रेसका युवा नेता एवम् काठमाडौं क्षेत्र नं. ४ का सांसद गगन थापाले आफ्नो क्षेत्रका बिग्रिएका सडकहरूको सुधार गर्नेतर्फ ध्यान नदिएको गुनासो मतदाताहरूले गरेका छन् ।

 

चाबहिल, कपन, बुढानिलकण्डसहितका अधिकांश स्थानमा सडकहरू वर्षामा हिँड्नै नसकिने गरेर बिग्रिएका छन् । ती सडकहरूको मर्मत सम्भार र सुधार गर्नेतिर सांसद थापाले ध्यान नदिएको सो क्षेत्रका स्थानीयले गुनासो गरेका छन् ।

 

ती सडकहरू बिग्रिएर मोटरसाइकलहरू दुर्घटनामा पर्दै आएका छन् । सडकमा हिँड्ने सर्वसाधारणको खुट्टा डुबेर हिँड्नै नसक्ने अवस्था रहेको छ । कतिपय स्थानमा मोटरसाइकल नै डुब्ने खाल्डा खुल्डी छन् ।

 

सडकहरूका बारेमा धेरै गुनासो आएपछि केही दिन अगाडि कपनसहितका क्षेत्रमा पुगेर आक्रोशित जनताको आक्रोशलाई थामथुम पार्ने प्रयास थापाले गरेका छन् । तर, उनको आश्वासनलाई क्षेत्र नं. ४ का स्थानीले चित्त बुझाएका छैनन् ।

कांग्रेसका नेता तथा सांसद थापाको सचिवालयले चलाउने फेसबुक पेजमा उनको भनाइ उदृत गर्दै लेखिएको छ, ‘हाम्रो क्षेत्रको सडकहरूको स्थितिलाई लिएर हामीले पटक–पटक कानूनी प्रक्रिया अगाडि बढाएकै हौं । हामीले समय–समयमा सार्वजनिक सुनुवाइ ग¥यौं, ठेकेदार र सम्बन्धित सरकारी निकायका मानिसलाई बोलायौं ।’

 

‘उहाँहरूले काम सक्ने प्रतिबद्धता दिनुभयो । हामीले सडक विभाग र भौतिक मन्त्रालयका जिम्मेवार पदका व्यक्तिहरूलाई लिखित पत्र बुझायौं’, थापाले भनेका छन्, ‘सम्बन्धित ठेकेदार, निर्माण व्यवसायीले काम गर्न सक्दैन, ठेक्का रद्द गर्नुपर्छ भनेर निवेदन दिएकै हो ।’

उनले भनेका छन्, ‘पटक–पटक निवेदन दिएपनि यसको सुनुवाइ भएन । अनौपचारिक रूपमा काम छिटै सकिने सन्देश पाएपनि काम पूरा हुन सकेन । त्यसपछि असार मसान्तसम्म पनि काम नभएपछि सडक विभागले तिनै निर्माण व्यवसायीहरूको म्याद थपिदियो ।’

प्रतिक्रिया दिनुहोस
लघुवित्त पीडितको माइतीघरमा आमरण अनशन

    लघुवित्त तथा वित्तीय संस्थाबाट पीडित एक समूहले आफ्ना माग कार्यान्वयनको दबाब...

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था

    ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा बैंक खाता खोल्न सकिने...

पहिरोले मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध

     मुग्लिन–नारायणगढ सडक खण्डको खहरे खोला नजिकै सुक्खा पहिरो जाँदा सवारी आवागमन...

इनड्राइभ ड्राइभिब नारी नेपाल प्रमाणपत्र प्रदान

    विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले महिलालाई ड्राइभिब पेसामा अघि बढ्न...