विप्लव समूहका उपत्यका इञ्चार्ज माइला लामा राति १२ बजे पक्राउ



हाम्रो इकोनोमि

 

सरकार र विप्लवबीच वार्तामा चर्चा भइरहेको समयमा विप्लव समुहका एक चर्चित अनुहार पक्राउ परेका छन् । प्रहरीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य तथा उपत्यका ब्युरो इन्चार्ज माइला लामालाई पक्राउ गरेको हो ।

विप्लवनिकट श्रोतका अनुसार लामालाई प्रहरीको एक टोलीले राजधानीको काँडाघारीबाट पक्राउ गरेको हो । विप्वलवपक्षले पनि यसको पुष्टि गरेको छ ।

महानगरीय अ पराध महाशाखाका प्रमुख सहकुल थापाले लामा पक्राउको पुष्टि गर्दै उनलाई काँडाघारीबाट शनिबार राति १२ बजे हिरासतमा लिइएको बताए । प्रहरीले लामासँगै विप्लवका अर्का कार्यकर्ता रेशम तामाङलाई पनि हिरासतमा लिएको छ ।

लामामाथि केही महिनायता उपत्यकाको नख्खु अनामनगर र घट्टेकुलोमा भएका बम वि स्फोटनका घटना गराउन निर्देशन दिएको आरोप लगाइएको थियो । उपत्यकामा भएका विस्फोटमा ५ जना भन्दा धेरैले ज्यान गुमाएका थिए ।

फागुन १० गते नख्खुस्थित एनसेलको कार्यालयमा भएको वि स्फोटमा एकजना मारिएका थिए भने घट्टेकुलो, सुकेधारामा जेठ ५ गते भएको वि स्फोटमा ५ जनाले ज्यान गुमाएका थिए ।

जेठमा भएको वि स्फोटपछि प्रहरीले लामाको खोजी गरिरहेको थियो । घटनालगत्तै प्रहरीले राजधानीबाट विप्लवका ४ जना कार्यकर्ता समातेको थियो ।

प्रहरीले खोटाङका मोतिधन राई, रोल्पाका भूपेन्द्र घर्ती, मोरङकी विन्दुकुमारी कुइँकेल र रुकुमकी सन्ध्यादेवी पुनलाई पक्राउ गरे पनि लामा फरार थिए ।

पक्राउ परेकाले लामाको नाम लिएका थिए । लामा १० वर्षे जनयु द्धका क्रममा गम्भीर घाइते भएका थिए । उनी राम्ररी सुन्न सक्दैनन् भने आँखा पनि कमजोर छन् ।

जनयु द्धका क्रममा चर्चित सांस्कृतिक कलाकार उनी पनि थिए ।

प्रतिक्रिया दिनुहोस
११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...