माधव नेपाल भने ओलीले प्रधानमन्त्री, प्रचण्डले अध्यक्ष छोड्नु पर्छ



हाम्रो इकोनोमि

 

नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच शक्ति र पदको टकराव चलिरहेका बेला वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो पोजिसन स्पष्ट पारेका छन् । ओली र दाहालबीच पार्टी एकताका बेला गरिएको सहमतिलाई लिएर टकराव चलिरहेको छ । सहमतिअनुसार अबको एक बर्षभित्र ओलीले प्रधानमन्त्री पद छोड्नु पर्ने अडानमा दाहाल रहेका छन् भने त्यो बेला गरिएको सहमति अहिले लागु हुन नसक्ने तर्क ओलीले गरिरहेका छन् ।

 

दाहाल प्रधानमन्त्री वा एकल अध्यक्ष आफुले पाउनु पर्ने दावी गरिरहेका छन् । दाहाल अडानमा पूर्वमाओवादी नेताहरुले एकल स्वरपनि मिलाइरहेका छन् । तर ओलीलाई चिडाउनेगरी पूर्वमाओवादी नेताहरु बाहिर आउन सकेका छैनन् । पूर्वएमालेका नेता बामदेव गौतम भने ओलीले प्रधानमन्त्री वा अध्यक्ष मध्ये एक पद छोड्नु पर्ने पक्षमा छन् । उनले पाटी स्थायी कमिटीकै बैठकमा एक पद छोड्न ओलीलाई लिखित दवाव नै दिएका थिए ।

 

पूर्वएमाले र पूर्वमाओवादीका नेताहरु जतिसुकै कुर्लेपनि निर्णायक छन् वरिष्ठ नेता नेपाल । प्रधानमन्त्री ओली भारत पुगेका बेला अर्का अध्यक्ष दाहालले दुई मध्ये एक पद छोड्न ओलीलाई सार्वजनिक दवाव दिएका थिए । तर त्यो बेला ओली पाँच बर्ष नै प्रधानमन्त्री बन्ने सार्वजनिक अभिब्यक्ति दिएका नेपालले अहिले भने पुरानो सहमति कार्यान्वयन हुनुपर्ने पक्षमा उभिने थालेका छन् ।

 

दुई अध्यक्षको शक्ति र पदको टकरावमा बरिष्ठ नेता नेपालले आफ्नो पोजिसन स्पष्ट पारेका छन् । पार्टी एकताका बेला दुई अध्यक्षले गरेको सहमति कार्यान्वयन हुनुपर्ने पक्षमा नेपाल उभिएका छन् । ‘पुरानो सहमति कार्यान्वयन हुनुपर्छ भनेको ओलीले एक बर्षभित्र प्रधानमन्त्री पद छोड्न पर्छ भन्ने नै हो’, नेपाल निकट एक स्थायी कमिटी सदस्यले भने ‘ओलीले प्रधानमन्त्री र दाहालले अध्यक्ष पद छोड्नु पर्दछ ।’

 

ओली प्रधानमन्त्री पद छोडेर पार्टी अध्यक्ष मात्र बन्नु पर्ने, दाहाल पार्टी अध्यक्ष त्यागेर प्रधानमन्त्री मात्र बन्नुपर्ने स्पष्ट अडानमा नेपाल पुगेका छन् । यसबाट एक ब्यक्ति एक पदको निर्णय शीर्ष तहबाटै कार्यान्वयन हुने तर्क नेपालले अघि सारेका छन् । दाहाललाई प्रधानमन्त्री बनाउन नेपाल सघाउने पक्षमा छन् भने पार्टीमा ओलीलाई सघाउने पक्षमा छन् ।

 

पछिल्लो समय नेपाल र दाहालको निकटता बढ्दै गएको छ भने ओलीसँग फेरी दुरी टाढा हुँदै गएको छ । दाहालले लिएको पछिल्लो अडानका कारण नेपाल पार्टीभित्र शक्तिशाली बनेका छन् । जिल्ला नेतृत्व टुंग्याउँदा दाहालले नेपाललाई साथ दिएका थिए । ओली नेपाललाई पेलेर जाने पक्षमा थिए । तर दाहालले साथ दिएका कारण ओलीले पेल्न सकेनन् ।

 

त्यसपछि प्रधानमन्त्री ओलीले राजनीतिक दस्तावेजमा दाहलसँग निहुँ खोजेका थिए । जहाँ नेपालले दाहाललाई साथ दिए । नेपालको साथ पाएपछि नेकपामा राजनीतिक दस्ताबेजमा जनताका जनवाद लेखियो । ओली जनताको बहुदलिय जनवाद नै लेख्नु पर्ने पक्षमा थिए ।
ओली र दाहालबीच अहिले पदको टकराव चलिरहेको छ । दाहालले एउटा कार्यकारी भुमिका मागेका छन् भने ओली दिन तयार छैनन् । यसमा पनि नेपालले दाहाललाई सहयोग गर्ने रणनीति लिएका छन् । ओलीले प्रधानमन्त्री छोड्नु पर्ने र दाहालले अध्यक्ष पद छोड्नु पर्ने पक्षमा छन् ।

प्रतिक्रिया दिनुहोस
लघुवित्त पीडितको माइतीघरमा आमरण अनशन

    लघुवित्त तथा वित्तीय संस्थाबाट पीडित एक समूहले आफ्ना माग कार्यान्वयनको दबाब...

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था

    ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा बैंक खाता खोल्न सकिने...

पहिरोले मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध

     मुग्लिन–नारायणगढ सडक खण्डको खहरे खोला नजिकै सुक्खा पहिरो जाँदा सवारी आवागमन...

इनड्राइभ ड्राइभिब नारी नेपाल प्रमाणपत्र प्रदान

    विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले महिलालाई ड्राइभिब पेसामा अघि बढ्न...