नेकपामा मिल्यो भागवण्डा, माधव नेपाललाई विदेश विभाग, वामदेवलाई संगठन



हाम्रो इकोनोमि

 

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले विभाग प्रमुखहरुको जिम्मेवारी टुंग्याउने कसरत थालेको छ । एकताका बाँकी काम पाँच गते आइतबार बस्ने सचिवालय बैठकले टुंग्याउनेगरि तयारी थालेको नेकपाले कुन विभागको जिम्मा कसलाई दिने भनेर छलफल चलाएको छ ।

 

नेकपामा रहने ३२ विभागमध्ये तत्कालिन एमालेलाई १८ र तत्कालिन माओवादी केन्द्रलाई १४ विभागको नेतृत्व प्रदान गर्ने विषयमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सहमति भइसकेको छ ।

 

तत्कालीन् एमालेको भागमा परेको संगठन विभाग र विदेश विभागको नेतृत्व सचिवालय सदस्यहरुले नै गर्ने भएको छन् । स्रोतका अुनसार संगठन विभागमा वामदेव गौतम र विदेश विभागमा माधवकुमार नेपाललाई पठाउने लगभग सहमति भइसहेको छ ।

 

विभागको नेतृत्व टुंगो लगाउन नेकपामा पूर्वएमालेका शीर्ष नेताहरुले बिहीबार बालुवाटार छलफल समेत गरेका छन् । सचिवालयमा प्रतिनिधित्व गर्ने ६ जना पूर्व एमाले नेताहरुले प्रधानमन्त्री निवास बालुवाटारमा छुट्टै छलफल गरेका हुन् ।

 

बालुवाटार बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, ईश्वर पोखरेल र विष्णु पौडेल सहभागी थिए । बैठकले पार्टी एकीकरणका लागि माओवादीसँग गरेको सहमतिअनुसार अघि बढ्ने निर्णय समेत गरेको छ । बैठकमा अध्यक्ष ओली नेता गौतमलाई संगठन विभाग र विदेश विभाग प्रमुखको जिम्मा वरिष्ठ नेता नेपाललाई दिन करिब–करिब सहमत भएका बुझिएको छ ।

 

नेता नेपाल यसअघि तत्कालीन् एमालेमा विदेश विभाग प्रमुख थिए । तत्कालिन एमालेमा शक्तिशाली मानिने नेता गौतम बर्दियाबाट चुनाव हारेपछि भूमिकाबिहीन छन् । उनले पार्टीमा सक्रिय रहने गरी आफूलाई राम्रो जिम्मेवारी दिन अध्यक्षद्वयलाई आग्रह गर्दै आएका थिए।

 

पार्टीमा संगठन, स्कूल, विदेश, प्रचार, अर्थिक विभागलाई शक्तिशाली विभाग मानिन्छन् । तत्कालिन एमालेको भागमा परेका अन्य विभागहरुको नेतृत्व कसलाई दिने भन्नेबारेमा पनि मोटामोटी सहमति भएको बताइएको छ । बिहिबारको बैठकमा वरिष्ठ नेता झलनाथ खनाललाई अर्थ तथा योजना विभागको प्रमुख बनाउनेबारे छलफल भएको स्रोतले बताएको छ ।

 

तत्कालिन माओवादीको कोटामा परेका विभागको नेतृत्व कसले लिने भन्ने टुङ्गो लागेको छैन । पार्टी अध्यक्ष प्रचण्ड अस्वस्थ भएका कारण तत्कालिन माओवादीले आफ्ना भागमा परेका विभाग र आयोगको नेतृत्व टुंगाउन सकेको छैन ।

 

तत्कालिन माओवादीको भागमा शक्तिशालि मानिने प्रचार विभाग र आर्थिक विभाग परेको छ । स्रोतका अनुसार पार्टी प्रवक्तासमेत रहेका सचिवालय सदस्य नारायणकाजी श्रेष्ठलाई अध्यक्षद्वय ओली र प्रचण्डले प्रचार विभागको नेतृत्व लिन आग्रह गरेका छन् । तर, श्रेष्ठले यसमा अनिच्छा प्रकट गरेका छन् । नेता श्रेष्ठले स्कूल विभागको प्रमुखमा दावी गर्दै आएका छन् । यस्तै, अर्को शक्तिशाली मानिने आर्थिक विभागको प्रमुखमा स्थायी कमिटी सदस्य जनार्दन शर्मालाई बनाउनेबारे पूर्व माओवादी वृत्तमा करिब–करिब सहमति भएको छ ।

प्रतिक्रिया दिनुहोस
गगन थापा रास्वपा महाधिवेशनमा जाने

    कांग्रेस सभापति गगन थापा रास्वपाको पहिलो महाधिवेशन उदघाटन सत्रमा सहभागी हुने...

वेबसाइट निर्माण प्रतियोगिता सिजन ८ को उपाधि अङ्किता भट्टराईलाई

    क्लिन्टन स्कुलकी अङ्किता भट्टराईले लाइफ कम्प्युटरद्वारा आयोजित ‘वेबसाइट निर्माण प्रतियोगिता –...

एमाले सुदूरपश्चिम पनि पार्टी पुनर्गठनको पक्षमा

    नेकपा एमालेको सुदूरपश्चिम प्रदेशस्तरीय सुझाव संकलन कार्यक्रममा अधिकांश नेता तथा कार्यकर्ताले...

सरकारविरुद्ध सडकमा जानुपर्ने हुनसक्छ : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारको क्रियाकलाप जनविरोध भएको...