म बाहिर नआएको भए सायद शिल्पाले जीवन त्यागिन् भन्ने समाचार आउँथ्यो यस्तो रहेछ भित्री कुरा



हाम्रो इकोनोमि

 

 

पछिल्लो समय चर्चामा रहन सफल शिल्पा–छवि काण्डमा कलाकारहरु पनि दुई पक्षमा देखिएका छन् । चलचित्र निर्माता र अभिनेत्री शिल्पा पोखरेल बीचको झगडालाई लिएर अनेक प्रतिकृयाहरु बाहिर आइरहेका छन् । यस विषयमा आफ्नो प्रतिकृया दिदैं शिल्पाले अब आफु छसवसँग वस्न नसक्ने बताएकी छिन् ।

उनले अहिले घटना बाहिर आएपछि छविले आफुलाई ५५ वर्षको बूढो भनेर हिँडिरहेको आरोप लगाएकी छिन् । उनले हिजो लभ गर्ने बेलामा २०–२५ को व्यवहार गर्ने भए पनि अहिले आएर आफुलाई ५५ वर्षको बूढो भनेर सहानुभूति पाउन खोजेको छविलाई आरोप लगाईन । उनले हिजो लभ गर्दा आफुलाई ‘ल नानी म ५५ वर्षको बूढो, छोरी होस् तँ’ किन नभनेको भन्दै उल्टो प्रश्न गरेकी छिन् ।

शिल्पामाथि अहिले सम्पतीका लागि विवाह गरेको पनि धेरैको आरोप छ । यस विषयमा उनले सम्पत्तिको लोभमा विवाह गरेको भन्नेहरुले भित्री कुरा नबुझेको बताएकी छिन् । आफुहरुले ६ महिनाअघि मात्र विवाह दर्ता गरेको प्रशंग पनि चर्चामा आएको छ । आफुहरुले विवाह दर्ता जहिले गरेको भए पनि अग्नि साक्षी राखेर बिहे गरेको दिन देखि नै आफु छविको पत्नी भएको उनको बुर्झाइ रहेको छ ।

आफुहरुको बिहे दर्ता भए पनि नभए पनि परम्परागत बिहे गरेको उनले जिकिर गरिन् । उनले जहाँ माया हुँदैन त्यहाँ सम्पत्तिले केही अर्थ नराख्ने बताइन् । आफुले गत असार ८ गते लात्तीले घचेटेर नहिँडेको भए आज जिउँदो हुने नहुने कुरामा पनि उनले शंका गरिन् । उनले भनिन, ‘सायद शिल्पाले जीवन त्यागिन् गरिन् भनेर समाचार आउँथ्यो होला ।’ उनलाई अर्को लाग्ने गरेको आरोप के भने उनले नाम र दामका लागि यस्तो गरिन् ।

हिजो माया प्रेमको नाटक गरिन् अनी अहिले पहिचान बन्यो अनि डिर्भोसको कुरा गर्न गएकी छिन् । यो विषयमा शिल्पाको बुझाई अलिक फरक छ । आफुले छविलाई फिल्म खेल्न दिनुस् भनेर नगएको उनले स्पष्ट पारिन् । छविले नै आफुलाई बारबार अनुरोध गरेका थिए । चलचित्रको कुरा गर्दा आफुले आफ्नो आमालाई लिएर आएको पनि उनले जानकारी दिईन । आफुले छविले फिल्म खेलाइरहन्छन् भनेर विवाह नगरेको शिल्पाको छावा छ । छविसँग काम गर्नुभन्दा पहिले आफुले तीनवटा फिल्ममा अभिनय गरेको पनि उनले बताइन् ।

आफुलाई चलचित्रमा काम गर्नका लागि कसैसँग विवाह नै गर्नुपर्छ भन्ने कुरा आवश्यक नभएको उनको तर्क छ । उनले अहिले कलाकारहरुमा देखिएको मतभेदलाई जिकिर गर्दै आफुलाई कसैले सहयोग गर्न नचाहेको आरोप लगाइन् । उनले कलाकारले कलारका पक्षमा बोल्ने कुरामा डराउने गरेको बताइन् । उनले भनिन्, ‘केही समयअगाडि स्यारोन श्रेष्ठको कुरा उठ्दा कोही कसैले बोलेनन् ।

हामी पनि बोल्न डरायौँ ।’ आफुले कसैले सहयोग नगरे पनि एक्लै अन्तिमसम्म लड्ने उनले जानकारी दिइन् । अब के गर्ने भन्ने प्रशंगमा उनले सायद नेपाली चलचित्र क्षेत्र छोडेर भोजपुरीतर्फ लाग्ने बताएकी छिन् । अहिलेसम्मका घटनाले आफ्नो करिअर मात्र नभएर जीवन नै ड्यामेज भएको उनको बुझाई रहेको छ । अब आफुले कामलाई निरन्तरता दिने सोचमा रहेको शिल्पाले जानकारी दिइन् ।

अहिले आफु भोजपुरी फिल्मको तयारीमा लागेको पोखरेलले खुलाइन् । आफुलाई छविले नेपाली चलचित्र क्षेत्रमा ल्याउनु भन्दा पहिले पनि आफुले यस क्षेत्रमा राज गरेको भन्दै आफ्नो सफलताको श्रय आफैलाई जाने उनको बुझाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा

  श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री वालेन्द्र शाहलाई नैतिकताका आधारमा तत्काल...

प्रधानमन्त्री पदीय दायित्वबाट भाग्न हुन्न : योगेश भट्टराई

  नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले प्रधानमन्त्री पदीय दायित्वबाट भाग्न खोजिरहेको आरोप लगाएका...

वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

    जेठ महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।...

२०४६ देखि २०८२ चैत सम्म को-को पर्दैछन सम्पत्ति छानबिनमा

    सरकारद्वारा गठित सम्पत्ति छानबिन आयोगले सार्वजनिक पदधारी बहाल र सेवा निवृत्त...