शान्तिपूर्ण राजनीति आउन तयार भए विप्लवसँग वार्ता हुन्छ : प्रवक्ता बास्कोटा



हाम्रो इकोनोमि

 

सरकारले नेकपा शान्तिपूर्ण राजनीतिमा आउने सुनिश्चित भएपछि मात्र विप्लव समूहसँग बार्ता हुने बताएको छ । मुद्दा फिर्ता, पक्राउ गरेका नेता कार्यकर्ता रिहा गर्नुपर्ने जस्ता शर्तहरु मानेर सरकारले विप्लव समूहले बार्ता नगर्ने सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले बताए ।

 

मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्न बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री बास्कोटाले भने, ‘बार्ताका लागि सरकार सदैव तयार छ तर, दाउपेच, शक्ति सञ्चयका लागि बार्ता हुुँदैन ।’ उनले अघि भने, ‘मान्छे छाड्नु पर्ने , मुद्दा फिर्ता लिनुपर्ने । त्यसपछि बार्तामा आउँछौं भनेर हुँदैन ।’

 

हिंसा छाडेर शान्तिपूर्ण राजनीतिमा आउने सुनिश्चित भएपछि बार्ता गर्ने मन्त्री बास्कोटाले प्रष्ट पारे । ‘सिके राउतझैं शान्तिपूर्ण राजनीतिमा आएर पार्टी दर्ता गरेर प्रतिस्पर्धा गर्ने उद्देश्यका आउनु हुन्छ भने वार्ता हुन्छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...